खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’ « Khabarhub

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको खर्च सम्बन्धी विधेयक पारित गरेको छ।

संसदमा भएको मतदानमा २१८ मतका साथ सो विधेयक पास भएको हो। विधेयकको विपक्षमा २१४ मत परेको थियो। यसअघि सिनेटमा यो विधेयक उपराष्ट्रपति जेडी भान्सको निर्णायक मतको साथमा पास भएको थियो। अमेरिकी घरेलु राजनीतिमा यसलाई राष्ट्रपति ट्रम्पको ठुलो जितको रूपमा हेरिएको छ।

काँग्रेसको बजेट कार्यालयका अनुसार यो विधेयकले १० वर्षमा तीन दशमलव ३ ट्रिलियन अमेरिकी डलर थप घाटा हुनेछ। साथै दशौँ लाखको स्वास्थ्य सुविधामा यसले असर गर्ने छ।

ट्रम्पले भने यो विधेयक आएपछि देश रकेटको गतिमा अघि बढ्ने बताए। ४ जुलाइमा आयोजना हुने समारोहमा उनले कानुनको रूपमा हस्ताक्षर गर्ने जनाइएको छ।

यसअघि ट्रम्पकै दल रिपब्लिकका धेरै सांसदले विधेयकको विरोधमा आवाज उठाउँदै आएका थिए । विधेयक पारित गर्ने समयमा भने दुई जना बाहेक अन्य सबैले उनलाई साथ दिएका छन्।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : २८ बजे

इङ्गल्यान्डसँग भारत ४ विकेटले पराजित

काठमाडौँ – जेकब बेथेलको उत्कृष्ट ब्याटिङ र साम करनको घातक

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु