सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी « Khabarhub

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय जुलियो सेजर चाँभेजलाई गिरफ्तार गरेको छ। अमेरिकी अधिकारीका अनुसार सङ्गठित अपराधमा संलग्न भएकाले उनलाई डिपोर्ट गर्ने तयारी गरिएको छ।

गिरफ्तार हुनु केही दिन अघि उनी क्यालिफोर्नियामा भएको फाइटमा जेक पाउलसँग पराजित भएका थिए। अमेरिकी अधिकारीले उनी लागुपदार्थ ओसार पसारमा संलग्न भएको आरोप लगाएका छन्। सो आरोपलाई सेजरका वकिलले अस्वीकार गरेका छन्।

सेजर मेक्सिको बक्सिङ इतिहासकै सर्वकालिक उत्कृष्ट ठहर भएका जुलियो सेजर चाँभेज सिनियरका छोरा हुन्। होमल्यान्ड सेक्युरिटी कार्यालयबाट जारी विज्ञप्ति अनुसार सेजर जुनियर गोला बारुद र विस्फोटक पदार्थ ओसार पसार गर्नुका साथै अन्य सङ्गठित अपराधमा संलग्न भएको आरोपमा उनी माथि मेक्सिकोमा पनि वारेन्ट जारी गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जनवरीमा कार्यालयमा प्रवेश गरेको पहिलो दिन नै आतङ्ककारी घोषित सिनाओला कार्टेलमा पनि उनी आबद्ध भएको अनुमान गरिएको छ। गत वर्ष अमेरिकी नागरिकसँग विवाह गरेपछि उनले स्थायी बसोबासमा लागि निवेदन दिएका थिए।
यसअघि पनि उनी धेरै पटक गिरफ्तार भएका थिए। यसरी गिरफ्तार भएका उनी धेरै पटक हात हतियारको विषयमा गिरफ्तार भएका हुन्।

सन् २०२३ मा पनि स्थानीय न्यायालयले उनलाई हतियार ओसार पसारको आरोपमा गिरफ्तारको आदेश दिएको थियो।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ३६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा