चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला « Khabarhub

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छन् । 

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु  गरेकी हुन्। पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिई उनले व्यवसाय विस्तार गरिन् । 

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताइन्।  सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन्। 

उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताइन्। विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सम्झन्छन् । सहकारीको सहयोगको पनि उनले सराहना गरिन्। 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै