रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री « Khabarhub

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन गरेका छन् । यो पालिकाम यसपटक  १८४ मेट्रिक टन लिची उत्पादन भएको छ । छ वडा रहेको यो गाउँपालिका–१ कुभिण्डेमा सबैभन्दा बढी ८८ मेट्रिक टन लिची उत्पादन भएको जनाइएको छ । 

कुभिण्डेमा ११ हेक्टरमा लगाइएको लिचीले उत्पादन दिन थालेको गाउँपालिकाका कृषि शाखा प्रमुख उद्धव बास्तोलाले बताए। पालिकाको वडा नं २ खार्पामा २४ मेट्रिक टन, वडा नं ३ लामीडाँडामा १६, वडा नं ४ धारापानीमा १६, वडा नं ५ दुवेकोलमा आठ र वडा नं ६ हौँचुरमा ३२ मेट्रिक टन उत्पादन भएको छ । 

आफूले रु ३० हजारको लिची बिक्री गरेको कुभिण्डेस्थित लाङ्घाली चोकका प्रेमबहादुर मगरले बताए । उनले प्रतिदाना रु एकमा बिक्री गरेका हुन्। 

सोही स्थानका खड्गप्रसाद रेग्मीले रु ४५ हजारका लिची बेचिसकेका छन् । केही किसानले  एक लाख भन्दा बढीका लिची बेचिसकेका कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिए । रावाबेँसीका किसानले लिचीबाट यसपटक रु ९५ लाख हाराहारी आम्दानी गरेका उनको अनुमान छ । 

रावाबेँसी गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्नेगरी यही असार १० गते सम्पन्न १७ औँ गाउँसभामार्फत नीति तथा कार्यक्रम पारित गरिएको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताए। 
 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ९ : ०२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै