बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै | Khabarhub Khabarhub

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान ११ः०० बजे हुने बैठकमा आगामी आर्थिक वर्षको बजेट छलफल प्रारम्भ हुँदैछ । 

प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्तावका लागि समय प्रदान गरिने कार्यसूची छ । 

सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेपछि बिहीबार साँझदेखि प्रदेशसभाको बैठक सञ्चालन भएको हो । बिहीबारको बैठकमा मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए । 

प्रदेश सरकारले आगामी आवका निम्ति ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रस्तुत प्रस्ताव गरेको छ । 

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १० : २८ बजे

गोरखामा जडीबुटीबाट २० लाख राजस्व

गोरखा– जडीबुटी संकलनबाट गोरखामा गत आर्थिक वर्षमा २० लाख १६

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- स्थानीय बजारमा शुक्रबार पनि सुनको मूल्य घटेको छ ।

धमाधम उजुरी छिनोफानो गर्दै पथलैया राजस्व

वीरगञ्ज– पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा ९२ प्रतिशत

बहुगुणी कोदो : खेती गर्न किसानको अरुचि

काठमाडौं – देशको चौथो मुख्य बाली  कोदोखेती गर्न पहाडी र

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

कञ्चनपुर– जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा