‘माग्ने राजा’बारे केदार घिमिरे : थेगो र लवज पुरानो भए पनि दर्शकले नयाँ ‘माग्ने’ हेर्न पाउनुहुन्छ | Khabarhub Khabarhub

‘माग्ने राजा’बारे केदार घिमिरे : थेगो र लवज पुरानो भए पनि दर्शकले नयाँ ‘माग्ने’ हेर्न पाउनुहुन्छ


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’मा पनि ‘माग्ने बूढा’कै भूमिकामा देखिएको भन्दै दर्शकले असन्तुष्टिसहितको टिप्पणी गरेपछि केदार घिमिरे बोलेका छन् ।

केदारले ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको सबै फिल्ममा ‘माग्ने बूढा’कै भूमिका निर्वाह गरेका थिए । ठूलो पर्दामा पनि उनलाई ‘माग्ने बूढा’को भूमिकामा रुचाइएको छ ।

केदारलाई ‘माग्ने बूढा’को चरित्रमा हेर्न केही दर्शक अघाएका छन् । ती दर्शकहरुको असन्तुष्टिपूर्ण प्रतिक्रिया ‘माग्ने राजा’ टिजरमा देख्न पाइन्छ ।

यस फिल्ममा पनि केदारको ‘हल्का रमाइलो’ भन्ने चर्चित संवाद समावेश भएकामा समेत असन्तुष्ट बनेको दर्शक भेटिएका छन् ।

समग्रमा केदारले नयाँ भूमिकामा अभ्यास नगरेकामा उनीहरुको बढी असन्तुष्टि छ ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘फेरि त्यही क्यारेक्टर । उस्तै टोन । त्यही पुरानो अभिनय । त्यही हल्का रमाइलो भन्ने संवाद । आजसम्म माग्ने बूढाको जति पनि फिल्म हेरियो, त्यही एउटै भूमिका बाहेक केही नयाँ देख्नै पाइएन ।’

यस्ता प्रतिक्रिया कमेन्ट बक्समा टन्नै छन् । तथापि फिल्म प्रदर्शनमा प्रतीक्षा रहने दर्शक कमेन्ट बक्समा बढी भेटिए ।

केदारले नयाँ भूमिकामा दर्शकले आफूलाई हेर्न चाहेको प्रतिक्रियालाई सकारात्मक ढंगले लिएको अभिव्यक्ति दिएका छन् ।

उनले भने, ‘टिजरमा आएको प्रतिक्रियाले हामी खुसी छौं । मलाई फरक भूमिकामा हेर्ने चाहनासाथ दर्शकले प्रतिक्रिया दिनुभएको छ । यसलाई सकारात्मकरुपमा लिएको छु ।’

यस फिल्ममा आफू ‘माग्ने राजा’कै चरित्रमा देखिनुको बाध्यताबारे पनि उनी बालेका छन् ।

भन्छन्, ‘माग्नैकै चरित्रको निरन्तरता स्वरुप यो फिल्ममा मैले भूमिका निर्वाह गरेको हुँ । त्यसैले यसमा पुरानो माग्नेको लवज र थेगो प्रयोग भएको हो ।’

‘माग्ने राजा’मा दर्शकले भिन्नमा ‘माग्ने’लाई देख्न पाउने उनको दाबी छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  २ : ५१ बजे

रौतहटमा मेला उद्घाटन गर्ने विषयमा विवाद हुँदा झडप, पाँचजना घाइते

रौतहट – रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर

विप्लव भन्छन् : युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाउँदैछन्

कर्णाली – नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा

इलाममा दुईवटा बेलिब्रिज निर्माण, स्थानीयलाई राहत

इलाम –इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन् ।

चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिका–८ चाँदनी चोक नजिक चन्द्रनहरमा डुबेर

तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौं : मुख्यमन्त्री पाण्डे

तनहुँ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना