क्याफेभित्र रविको पक्षमा हस्ताक्षर अभियान, निकिताको पहलमा पुगे दर्जनौँ कलाकार « Khabarhub

क्याफेभित्र रविको पक्षमा हस्ताक्षर अभियान, निकिताको पहलमा पुगे दर्जनौँ कलाकार


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान जारी छ ।

पार्टी कार्यालयदेखि चोकचोक र सडकमा पनि चलाइएको यो हस्ताक्षर अभियान अहिले वडा तहसम्म लगिएको छ । अहिले सेलिब्रिटी र कलाकारहरूका लागि रास्वपाले एउटा क्याफे परिसरमा पनि हस्ताक्षर पुस्तिका राखेको छ ।

उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशलाई सर्वोच्च अदालतले सदर गरेर रविलाई थुनामुक्त गर्न अस्वीकार गरिसकेको अवस्थामा राजनीतिक प्रतिशोधको नाम दिएर रास्वपाले सर्वसाधारणबाट संवेदना बटुल्ने तरिका निकालेको हो ।

सर्वोच्चलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई सहकारी ठगीमा निर्दोष भन्न नमिल्ने ठहर गरिसकेको छ । तर सर्वोच्को आदेशलाई पनि चुनौती दिँदै रास्वपाले सर्वसाधारणलाई तान्ने कोसिस गरेको छ ।

अदालतलाई समेत चुनौती दिँदै ‘राजनीतिक प्रतिशोध’को ट्याग दिएर रास्वपाले थालेको यो अभियानमा प्रतिपक्षी दलहरूसमेत जोडिँदैछन् । रास्वपाले पाउने जनसमर्थनको ब्याजको लोभमा प्रतिपक्षी दलका नेताले पनि हस्ताक्षर अभियानमा साथ दिइरहेका छन् ।

गत असार ७ गते काठमाडौंबाट थालिएको यो अभियान अहिले वडासम्म लगिएको छ। यो अभियानमा माओवादी नेताहरू, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कलाकार विपिन कार्की, रमेश उप्रेतीले हस्ताक्षर गरसकेका छन् ।

अब रास्वपाले कलाकारहरूलाई एकपछि अर्को गरेर पार्टी कार्यालय र क्याफेसम्म बोलाएर समर्थन बटुल्न लागेको छ । केही हजारदेखि लाखौँको संख्यामा फ्यान-फलोइङ भएका कलाकारलाई अभियानमा सहभागी गराउँदा जनमतलाई प्रभावित पार्न सकिने हिसाब रास्वपाले निकालेको छ ।

सभापति लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा कलाकर्मीहरू पनि पुग्न थालेका छन् । शुक्रबार मात्रै राजदरबाट उत्तरतिरको एउटा क्याफेमा पुगेर चर्चित कलाकारले पनि हस्ताक्षर पुस्तिकामा आफ्नो नाम लेखाए । चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष एवम् रवि पत्नी निकिताले उक्त हस्ताक्षर अभियानका लागि कलाकार जुटाएकी हुन् ।

रविको समर्थनमा हस्ताक्षर कार्यक्रममा पुग्ने कलाकारहरूमा नायकहरू रमेश उप्रेती र खगेन्द्र लामिछाने पनि छन् । त्यसैगरि निर्माता अशोक शर्मा, निर्देशक दीपेन्द्र के खनाल र गायक खेम सेञ्चुरीले पनि शुक्रबार रविको पक्षमा हस्ताक्षर गरे । त्यसैगरि आफूलाई चिप्ल्याउने काकाका रुपमा चिनाउने पत्रकार प्रकाश सुवेदीले पनि हस्ताक्षर गरेका छन् ।

अर्कातिर कलाकार राजाराम पौडेल र किरण केसीले पनि रास्वपाको अभियानमा हस्ताक्षर गरेका छन् । उनीहरूलाई अभियानमा सहभागी गराउन रास्वपाले नारायणहिटी संग्रहालयस्थित उत्तर ढोकामा रहेको इमागो क्याफेमा पुस्तिका राखेको छ । हस्ताक्षर गर्न पुगेका कलाकाहरूले अदालतले निष्पक्ष न्याय दिनुपर्ने जिकिर गरेका छन् ।

आज हस्ताक्षर गर्नेहरूमा अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, सिनेपत्रकार प्रकाश सुवेदीलगायत छन् ।

यी कलाकारहरूलाई हस्ताक्षर अभियानमा सहभागी गराउन रवि पत्नी निकिता आफैं जुटेकी छन् । क्याफेमा राखिएको हस्ताक्षर पुस्तिकामा कलाकारहरूले हस्ताक्षर गर्दै गर्दा निकिता पनि त्यहीँ थिइन् । उच्चको निर्णय सदर गरेको सर्वोच्चको समेत आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका रविबारे अहिलेसम्म कुनै अदालतबाट अन्तिम फैसला भइसकेको छैन ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ४ : ३६ बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु