आँप बिक्रीबाट वार्षिक आठ लाख बचत « Khabarhub

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन् । 

इन्द्रबहादुरले आपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो । यसअघि उनले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आएका थिए । 

हावाहुरीका कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उनले गोदावरी-५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय सुरु गरेका हुन् । पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा पाँच लाख रुपैयाँ तिर्नुपर्छ । 

हाल आँपको सिजन चलिरहेको छ । मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन् । अचेल आँप किन्न बगैँचामै धाउनेहरूको भीड लाग्ने गरेको छ ।

‘हामीले यहाँ फल्ने आँपमा कुनै विषादी र औषधि प्रयोग गरेका छैनौँ । विषादीरहित भएकाले पनि बगैँचामै आँप खोज्दै आउने ग्राहकको सङ्ख्या बढ्दो छ’, व्यवसायी इन्द्रबहादुरले भने, ‘आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन । ग्राहकले बगैँचाबाटै छानीछानी आँप लग्नुहुन्छ ।’

आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याप्पसरोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेका अर्का व्यवसायी मानबहादुर मडैले जानकारी दिए । 

यो सिजनमा हालसम्म पाँच लाख रुपैयाँ बराबरको आँप बिक्री गरिसकेको उनले बताए । ‘बगैँचामा अझै आधाभन्दा बढी आँप बाँकी नै छ । कोही अलि ढिलो पाक्ने जात पनि छन् । अझै १० लाख रुपैयाँ बराबरको आँप बाँकी होला’, मानबहादुरले भने । 

सिजनमा कामदारको ज्यालालगायत सबै खर्च कटाएर आठ लाख रुपैयाँसम्म बचत हुने गरेको इन्द्रबहादुरले जानकारी दिए । हाल दैनिक ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म कारोबार हुने गरेको उनको भनाइ छ । यहाँ फुटकर ८० र होलसेल ६० रुपैयाँमा आँप बिक्री हुने गरेको छ । रासस

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ३४ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)