आँप बिक्रीबाट वार्षिक आठ लाख बचत « Khabarhub

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर मडै र मानबहादुर मडैले संयुक्त साझेदारीमा गेटामा रहेको आँप बगैँचा भाडामा लिएर व्यवसाय गर्दै आएका छन् । 

इन्द्रबहादुरले आपको बगैँचा भाडामा लिएर काम गर्दै आएको ११ वर्ष भयो । यसअघि उनले मालाखेतीको खमौरामा घण्टेश्वर मन्दिरको जग्गामा रहेको आँप बगैँचा यसैगरी भाडामा लिएर व्यवसाय गर्दै आएका थिए । 

हावाहुरीका कारण यहाँको बगैँचामा क्षति पुगेपछि आफ्नै गाउँले दाजुभाइ मानबहादुर र लोकबहादुरलाई साथमा लिएर उनले गोदावरी-५ गेटा स्थित एक स्थानीयको आँप बगैँचा भाडामा लिई पुनः व्यवसाय सुरु गरेका हुन् । पाँच बिघा जमिनमा फैलिएको आँप बगैँचाको एक ‘सिजन’मा पाँच लाख रुपैयाँ तिर्नुपर्छ । 

हाल आँपको सिजन चलिरहेको छ । मडै दाजुभाइको बगैँचामा विभिन्न थरीका आँप लटरम्म फलेका छन् । अचेल आँप किन्न बगैँचामै धाउनेहरूको भीड लाग्ने गरेको छ ।

‘हामीले यहाँ फल्ने आँपमा कुनै विषादी र औषधि प्रयोग गरेका छैनौँ । विषादीरहित भएकाले पनि बगैँचामै आँप खोज्दै आउने ग्राहकको सङ्ख्या बढ्दो छ’, व्यवसायी इन्द्रबहादुरले भने, ‘आँप बिक्री गर्नका लागि बजार धाउनु परेको छैन । ग्राहकले बगैँचाबाटै छानीछानी आँप लग्नुहुन्छ ।’

आँप लिनका लागि कैलालीको धनगढी, अत्तरिया क्याप्पसरोड, लम्की र कञ्चनपुरको गुलरिया, महेन्द्रनगर, दैजीलगायत स्थानबाट ग्राहकहरू आउने गरेका अर्का व्यवसायी मानबहादुर मडैले जानकारी दिए । 

यो सिजनमा हालसम्म पाँच लाख रुपैयाँ बराबरको आँप बिक्री गरिसकेको उनले बताए । ‘बगैँचामा अझै आधाभन्दा बढी आँप बाँकी नै छ । कोही अलि ढिलो पाक्ने जात पनि छन् । अझै १० लाख रुपैयाँ बराबरको आँप बाँकी होला’, मानबहादुरले भने । 

सिजनमा कामदारको ज्यालालगायत सबै खर्च कटाएर आठ लाख रुपैयाँसम्म बचत हुने गरेको इन्द्रबहादुरले जानकारी दिए । हाल दैनिक ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म कारोबार हुने गरेको उनको भनाइ छ । यहाँ फुटकर ८० र होलसेल ६० रुपैयाँमा आँप बिक्री हुने गरेको छ । रासस

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ३४ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति