अहिले संसद् र न्यायालयमा जे चलिहरेको छ, हामीले जनतासँग कबुलविपरीत छ : प्रचण्ड « Khabarhub

अहिले संसद् र न्यायालयमा जे चलिहरेको छ, हामीले जनतासँग कबुलविपरीत छ : प्रचण्ड


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र र शान्ति प्रक्रियाप्रति यो परिवर्तनमा गिरिजाप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । उनले गिरिजाप्रसादको सपना पूरा गर्नेतर्फ अहिलेको नेतृत्वले ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गरे ।

कोइरालाको १०२ औं जन्मजयन्तीका अवसरमा शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारका गतिविधि,  संसदीय अभ्यास र न्यायालयका गतिविधि जनतासँगका कबुलविपरीत भइरहेको बताए ।

अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौताको भावनाअनुरूप देश अघि नबढेकोमा गम्भीर प्रश्न उठाए । उनले प्रश्न गरे, ‘हामीले विस्तृत शान्ति सम्झौता गर्दा जनतासँग जे कबुल गरेका थियौँ, के त्यतैतिर अगाडि बढेका छौँ त?’

उनले गिरिजाप्रसादले देखेको लोकतान्त्रिक मूल्य, पारदर्शी न्याय व्यवस्था, सबल संसद् र जनमुखी शासन व्यवस्थालाई कार्यान्वयन गर्न गम्भीरता नदेखिएको उल्लेख गर्दै अहिले नेतृत्वमा रहेकाहरूले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताए ।

‘अहिले चलिरहेको संसदीय अभ्यास, न्याय क्षेत्रको कामकारबाही, सरकारले गरेका गतिविधि-के हामी लोकतन्त्र र परिवर्तनको जनताको अभ्यासतर्फ अग्रसर छौँ?’ अध्यक्ष प्रचण्डको प्रश्न थियो ।

गिरिजाबाबुको योगदानको सम्मान गर्दै अध्यक्ष प्रचण्डले वर्तमान नेतृत्वले गणतन्त्रमा जनताले देखेका सपना साकार पार्नेतर्फ ठोस कदम चाल्न नसकेकोप्रति चिन्ता व्यक्त गरे । ‘गिरिजाबाबुले जनताको पक्षमा गरेका कामको स्मरण गर्दै गर्दा आजका नेताहरूले गम्भीर समीक्षा गर्न जरुरी छ,’ उनले भने ।

उनले आफू जनताको भावना र समस्या बुझ्न हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँगको अभियानमा निस्किएको उल्लेख गर्दै भने, ‘म अहिले जनताको भावना र पिरमर्का बुझ्न अभियानमा निस्केको हुँ । अहिले जे भइरहेको छ, त्यसबाट जनता सन्तुष्ट छैनन् । निष्ठापूर्वक जनताको हितको पक्षलाई प्राथमिकता दिएनौँ भने स्थिति गम्भीर छ ।’

कार्यक्रममा उनले वर्तमान सरकार, संसद् र न्यायालयको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै सत्ता पक्षले सोचे जस्तै अवस्था सहज नरहेको बताए । ‘सरकार कसरी चलेको छ, संसद् र न्यायालयको अवस्था के छ-यो सबै गम्भीर समीक्षा आवश्यक छ,’ अध्यक्ष प्रचण्डले भने ।

कार्यक्रममा प्रचण्डसहित राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, दलका नेता, गिरिजाप्रसाद कोइराला फाउन्डेसनका पदाधिकारी तथा नागरिक समाजका प्रतिनिधि उपस्थित थिए। वक्ताहरूले कोइरालाको योगदानको स्मरण गर्दै लोकतन्त्र, मानव अधिकार र शान्ति स्थापनामा उनको अग्रणी भूमिकाको प्रशंसा गरे।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ५४ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,