गोविन्द भट्टराईको प्रस्ताव : कर्मचारीलाई मात्रै होइन, राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखौँ « Khabarhub

गोविन्द भट्टराईको प्रस्ताव : कर्मचारीलाई मात्रै होइन, राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखौँ


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले कर्मचारीतन्त्रमा मात्र नभै अब राजनीतिमा समेत कुलिङ पिरियड आवश्यक रहेको तर्क गरेका छन् ।

नेपालीले नेपाली नागरिकता छोडेर अर्को देशको नागरिक बन्नासाथ नागरिकता त्यागेर फेरि नेपाली लिएर आमनिर्वाचन लड्ने प्रवृत्ति देखिन थालेको तर्क गर्दै उनले भने, ‘त्यस्ताहरूका लागि पनि कुलिङ पिरियड राख्न जरुरी छ।’

विगतमा यस्तो व्यवस्था नभएकाले विदेशी नागरिक पनि देशको उपप्रधानमन्त्री जस्तो गरिमामय र संवेदनशील पदमा पुगेको भन्दै उनले भने, ‘यो कटू यथार्थलाई मनन गर्दै कुलिङ पिरियड राख्न जरुरी छ ।’

यसो हुन नसकेमा विदेशी नारिकता छोडेको आधिकारिता पुष्टि नहुँदै चुनावमा उम्मेदवार बनेर लड्ने कदमले नेपालमाथि नै खतरा पैदा गर्ने उनले बताए ।

नेता भट्टराईले पार्टी सभापति शेरबहादुर देउवाले अवकाश लिएर नदोहोरिने भनिसकेको अस्थामा महाधिबेशन ०८४ अगाडि हुन्छ कि हुँदैन भन्ने द्विविधामा बस्न जरुरी नभएको बताए ।

‘ढिलोमा ०८३ मंसिरभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरौँ । म पार्टी सभापतिज्यूलाई धन्यवाद दिन पनि चाहान्छु,’ यस निर्णयले सकारात्मक सन्देश दिएको बताउँदै उनले भने, ‘देशका पूर्वराष्ट्रपति र उपराष्ट्रपति पनि फेरि सक्रिय राजनीतिमा फर्किरहेको र कतिपय राजनीतिक दलहरूमा एउटै मानिस वर्षौँसम्म सभापति भइरहने अवस्थामा हाम्रो सभापतिज्यूको यो भनाइले हाम्रो पार्टी अरुभन्दा फरक हो भन्ने पजेटिभ सन्देश प्रवाह गरेको छ ।’

बेला बखत देशमा आइपर्ने राष्ट्रिय संकटको समाधान गर्ने काम पनि कांग्रेसले नै गर्ने भन्दै उनले देशलाई आवश्यक पर्नै सबै नीति पनि कांग्रेस पार्टीले नै बनाउने बताए ।

तर पार्टीको भोट पछिल्ला निर्वाचनहरूमा घटिरहेकाले यस्को गम्भीर विश्लेषण गरी कार्य योजना तयार पार्न केन्द्रीय सदस्य भट्टराईले नेतृत्वको ध्यानाकर्षण गराए ।

गुटबन्दीले गर्दा सही मानिस ठिक ठाउँमा नसकेको भन्दै उनले पदको न्यायोचित ढंगबाट वितरण नगरेको कारण रुष्ट कार्यकर्ताको मन जित्न कार्यशैलीमा सुधार गर्छौ भनेर आश्वस्त पार्नुपर्ने बताए ।

नेता भट्टराईले भातृ संस्था सबै विधानअनुसार चल्न नदिइएको गुनासो आएको भन्दै त्यसरी चलाउन दिएमा विवाद कम भएर जाने उल्लेख गरे । नेता भट्टराईले सामाजिक सञ्जाल पनि संगठन निर्माणको राम्रो प्लेटफर्म रहेको भन्दै यस्को प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ५ : ५७ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर