योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग « Khabarhub

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न नेविसङ्घको माग


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले योग्यताका आधारमा खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्ने कानुनी व्यवस्था गर्न माग गरेको छ ।

सङ्घीय संसद्को समितिमा विद्यालय शिक्षा विधेयकका विषयमा छलफल भइरहेका बेला शिक्षक पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न नेविसङ्घले सरोकार भएका निकायको ध्यानाकर्षण गराएको हो । 

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति प्रकाशित गरेर शिक्षक छनोट प्रक्रियालाई योग्यताको आधारमा शतप्रतिशत खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति गर्ने कानुनी व्यवस्था गर्न माग गरेका हुन् ।

नेविसङ्घले शिक्षकहरूको मर्यादा, क्षमता, सेवा सुविधा वृद्धिलगायत विषयमा ध्यानाकर्षण गराएको हो । अस्थायी तथा राहत शिक्षकका हकमा ‘गोल्डेन ह्याण्डसेक’ जस्ता राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष शेर्पाले बताए  ।

नेविसङ्घले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न पनि सरकारसँग माग गरेको छ । विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन तथा एकीकरणका लागि बनेको विद्यालय शिक्षा विधेयक यही असार १५ गतेभित्र जारी गर्नेगरी सरकारले शिक्षक महासङ्घसहित सरोकार भएकासँग लिखित सहमति गरे पनि कार्यान्वयन भएको छैन ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ६ : १२ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर