यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स « Khabarhub

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक आमिर खानको अभिनय रहने पुष्टि भएको छ ।

‘कुली’मा आमिरको अभिनय रहने चर्चा केही समयअघि हुन थालेको थियो । निर्माण पक्षले यसबारे भने केही जानकारी गराएको थिएन ।

निर्माण पक्षले शुक्रबार बिहान फिल्मको आधिकारिक एक्स खाताबाट एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा आमिरको अभिनय रहने जानकारी दिएको हो ।

पोस्टरमा आमिर ‘फिट योङ म्यान’को देखिएका छन् । उनले फिल्मा ‘दहा’को भूमिका निर्वाह गरेको पोस्टरमा उल्लेख छ । पोस्टरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

रजनीकान्तको भारतमा फ्यान फलोइङ उच्च छ । ‘आमिर राम्रो स्क्रिप्ट छानेर फिल्म गर्छन्’ भन्ने फ्यानहरुलाई विश्वास छ ।
यी दुईलाई एक साथ पर्दामा हेर्न दर्शक उत्साहित भएको पाइएको छ ।

यस फिल्ममा आमिरले केमियो मात्रै दिएका छन् । उनले केही दिन अघि एक अन्तर्वार्तामा रजनीकान्तको फिल्ममा ‘केमियो’ भूमिकामा आफू रहेको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : १७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित