यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स « Khabarhub

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक आमिर खानको अभिनय रहने पुष्टि भएको छ ।

‘कुली’मा आमिरको अभिनय रहने चर्चा केही समयअघि हुन थालेको थियो । निर्माण पक्षले यसबारे भने केही जानकारी गराएको थिएन ।

निर्माण पक्षले शुक्रबार बिहान फिल्मको आधिकारिक एक्स खाताबाट एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा आमिरको अभिनय रहने जानकारी दिएको हो ।

पोस्टरमा आमिर ‘फिट योङ म्यान’को देखिएका छन् । उनले फिल्मा ‘दहा’को भूमिका निर्वाह गरेको पोस्टरमा उल्लेख छ । पोस्टरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

रजनीकान्तको भारतमा फ्यान फलोइङ उच्च छ । ‘आमिर राम्रो स्क्रिप्ट छानेर फिल्म गर्छन्’ भन्ने फ्यानहरुलाई विश्वास छ ।
यी दुईलाई एक साथ पर्दामा हेर्न दर्शक उत्साहित भएको पाइएको छ ।

यस फिल्ममा आमिरले केमियो मात्रै दिएका छन् । उनले केही दिन अघि एक अन्तर्वार्तामा रजनीकान्तको फिल्ममा ‘केमियो’ भूमिकामा आफू रहेको बताएका थिए ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ८ : १७ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा