अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै | Khabarhub Khabarhub

अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै


२० असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

ओटावा- संयुक्त राज्य अमेरिकाले आयात हुने सामानमा कर लगाउन थालेपछि क्यानाडाबाट हुने व्यापार निरन्तर घटिरहेको छ ।

क्यानाडाको राष्ट्रिय तथ्यांक संस्था अनुसार अमेरिकातर्फको निर्यात पछिल्लो पटक ०.९ प्रतिशतले घटेको छ, जुन लगातार चौथो पटकको गिरावट हो ।

यसअघि क्यानाडाको निर्यातको झन्डै ७६ प्रतिशत हिस्सा अमेरिकातर्फ जान्थ्यो, तर हाल त्यो घटेर ६८.३ प्रतिशतमा झरेको छ – जुन इतिहासमै सबैभन्दा कम अनुपातहरूमध्ये एक हो ।

यता, अमेरिकाबाहेक अन्य देशहरूसँगको क्यानाडाको व्यापार तीव्र रूपमा बढेको छ । अहिले निर्यात ५.७ प्रतिशतले बढेको छ । कुल व्यापार ४७.६ अर्ब क्यानाडियन डलर (३५ अर्ब अमेरिकी डलर) पुगेको छ, जुन लगातार तेस्रो पटकको रेकर्ड हो ।

क्यानाडाको कुल निर्यात १.१ प्रतिशतले बढेर ६०.८ अर्ब क्यानाडियन डलर पुगेको छ । उता आयात १.६ प्रतिशतले घटेर ६६.७ अर्ब क्यानाडियन डलरमा झरेको छ ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  ७ : ४० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक ३० गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ३० गते आइतबार। मंसिर

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा