एक वर्षमा तीन करोडको लागुऔषध बरामद « Khabarhub

एक वर्षमा तीन करोडको लागुऔषध बरामद


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – बर्दिवासस्थित लागुऔषध नियन्त्रण ब्युरोे शाखाले गत आर्थिक वर्षमा करिब तीन करोड मूल्य बराबरको लागुऔषध बरामद गरेको छ ।

गत आर्थिक वर्ष २०८१–८२ मा सो रकम बराबरको विभिन्न लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको हो । यस क्रममा ५५ जना पक्राउ परेको र लागुऔषध ओसरपसारमा प्रयोग गरिएका विभिन्न १६ सवारीसाधन नियन्त्रणमा लिइएको ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोज अधिकारीले जानकारी दिए ।

यो अवधिमा सबैभन्दा बढी परिमाणमा गाँजा १५।१४ क्वीन्टल बरामद भएको छ । गाँजा बरामदका क्रममा छ जना पक्राउ परेको र ओसारपसारमा प्रयोग भएका तीन थान मिनिट्रक तथा तीन थान जीप नियन्त्रणमा लिइएको छ । बरामद गाँजाको अनुमानित मूल्य एक करोड ९९ लाख छ ।

यसैगरी सो अवधिमा ‘इनफ्रेडिन’ नामक लागुऔषध ८५४ ग्राम बरामद भएको छ । यो बरामदीसँगै तीन महिला र दुई पुरुष गरी पाँच जना पक्राउ परेका छन् । यो लागुऔषधको अनुमानित मूल्य रु ६८ लाख ३२ हजार हुने ब्युरोले जनाएको छ ।

गत आवमा खैरो हेरोइन लागुऔषध ५४९.८५ ग्राम बरामद गरिएको छ । हेराइन ओसारपसारमा संलग्न तीन महिलासहित ३९ जना पक्राउ परेका छन् । जसमा दुई जना विदेशी नागरिक छन् । हेरोइन लागुऔषध ओसारपसार गर्न प्रयोग गरिएका चार थान मोटरसाइकल र दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिइएका छन् । यसको अनुमानित मूल्य ४६ लाख ७३ हजार बराबर छ ।

लागुऔषधिजन्य एम्पुल तीन हजार १४४ बरामद गरिएका छन् । एम्पुलसँगै दुई जना पक्राउ गरिएका छन् भने दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यी एम्पुलको अनुमानित मूल्य रु १२ लाख ८० हजार हुने प्रनानि अधिकारीको भनाइ छ ।

सो अवधिमै कोडिन मिश्रित लागुऔषध सिरफ ३६४ बोतल बरामद गरिएको ब्युरोले जनाएको छ । यसक्रममा तीन जना पक्राउ परेका छन् । यो लागुऔषध ओसारपसार गर्न प्रयोग गरिएका दुई थान मोटरसाइकल नियन्त्रणमा लिइएका छन् । यसको अनुमानित मूल्य दुई लाख ७३ हजार हुने जनाइएको छ ।

गत आवमा कूल दुई करोड ९९ लाख ५८ हजार बराबरको लागुऔषध बरामद गरिएको ब्युरोले जनाएको छ । ब्युरोले महोत्तरी, धनुषा, सर्लाही र सिन्धुलीसहितका जिल्लामा गरेको जाँचका क्रममा उक्त परिमाणमा लागुऔषध बरामद गरेको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ६ : २८ बजे

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका

रसुवामा चार वटा गुम्बा पुनःनिर्माण सम्पन्न

रसुवा – जिल्लाका विभिन्न भागमा रहेका चार वटा बौद्ध गुम्बा

जर्मनीबाट करिब पाँच हजार सेना फिर्ता गर्ने अमेरिकाको घोषणा, नेटोले माग्यो विस्तृत विवरण

वासिङ्टन – जर्मनीबाट करिब पाँच हजार सैनिक फिर्ता गर्ने कार्य

आजका समाचार : राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी, चौतर्फी आलोचनाबीच सुकुसम्वासी बस्ती हटाउने काम तीव्र र अमेरिकी सैन्य साइटमा इरानको आक्रमण

राष्ट्रपति पौडेलद्वारा तीन अध्यादेश जारीराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा