आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड (तस्बिरहरू) « Khabarhub

आज साउनको तेस्रो सोमबार, पशुपतिनाथलगायत शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ ।

पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन् ।

साउन महिनाको अर्को आकर्षण बोलबम यात्रा पनि हो । शिवभक्त हिन्दू धर्मावलम्बीहरू पहेँलो पोशाक लगाएर खाली खुट्टा पैदल हिँडेर पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्दछन् । 

काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

तस्बिरहरू : रासस

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : २८ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री