पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड « Khabarhub

पर्साको दुग्धेश्वरनाथ महादेव मन्दिरमा दर्शनाथीको भीड


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सा राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्ने श्री १०८ दुग्धेश्वनाथ महादेव मन्दिरमा दर्शन गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

साउन महिनाभरि लाग्ने सो मेलामा खासगरी साउने सोमबार भने भक्तजनको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

दुग्धेश्वरनाथ महादेव मन्दिर भाथाधाम संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले दुग्धेश्वरनाथ महादेवको दर्शन गर्न आइतबार दिउँसोदेखि नै भक्तजनको उपस्थिति बढेको बताए ।

‘छिमेकीमूलुक भारतको विहार र उत्तरप्रदेशका भक्तजन धेरैजसो ट्र्याक्टरमा सवारी गरेर आउने गर्नुहुन्छ,’ उनले भने, ‘आइतबारबेलुकादेखि भक्तजनहरु आउनेक्रम ह्वात्तै बढेको छ । सोमबार बिहानैदेखि भक्तजनहरु लामवद्ध भएर भगवानको दर्शनको लागि मन्दिर परिसरमा लामबद्ध भएर दर्शन र पूर्जाअर्चना बसिरहनुभएको छ ।’

अध्यक्ष थारूले कतिपय भक्तजन आइतबार रातको समयमा महादेव भगवानको आराधाना गरेर सोमबार बिहानै दुग्धेश्वरनाथ महादेव र पार्वतीको मन्दिरमा जल चढाएर फर्किने बताए ।

मेला समितिका अध्यक्ष ग्यानलाल पटेलले पर्साजिल्लाबाट सङ्घीय र प्रदेश गरेर पाँच जना मन्त्री भए पनि भाथाधामको लागि आवश्यक सहयोग प्राप्त गर्न नसकेको गुनासो गरे ।

पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलको यात्रा गरेपछि चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर अवस्थित छ । चुरेको फेदी र चारकोसे झाँडीबीचको नदीभन्दा केही अग्लो भागमा महादेव र पार्वतीको मन्दिर रहेको छ ।

मेला समितिका अध्यक्ष पटेलले आज भारतीय र नेपाली दशनार्थीको अत्यधिक उपस्थिति हुने भएकाले पनि व्यवस्थित गर्न पनि हम्मेहम्मे पर्ने बताए । अध्यक्ष पटेलले आज मात्रै एक लाखभन्दा धेरै दर्शनार्थीले मन्दिरको दर्शन गर्ने दाबी गरे ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ४९ बजे

गगन थापालाई प्रचण्डले भने – निरन्तरताको क्रमभङ्ग भयो, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस्

काठमाडौँ – नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति

‘गगनलाई सभापति बनाएर नयाँ भिजनका साथ अगाडि बढेका छौँ, देशको मुहार उज्यालो बनाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले काङ्ग्रेस अब थप दृढता

पार्टीले निष्ठालाई महत्त्व दिएको भए म पनि कांग्रेस हुन्थे होला : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

मैले गगनजीलाई भन्ने गर्थेँ कुनैदिन तपाईंले देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूले विगतमा नेपाली

पोखरीमा डुबेर दुई किशोरीको मृत्यु

बारा– बाराको देवताल गाउँपालिका–६ जबकास्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु