बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध | Khabarhub Khabarhub

बाढीपहिरोले गुल्मीका तीन सडक अवरुद्ध


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

गुल्मी– अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण गएरातिदेखि गुल्मीका तीनवटा मुख्य सडक अवरुद्ध बनेका छन् । कालीगण्डकी करिडोर, रिडी–तम्घास र रिडी–वामीटक्सार सडक आइतबार रातिदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिए ।

कालीगण्डकी करिडोर सडक अन्तर्गत कालीगण्डकी गाउँपालिका– १ स्थित गरगरे, वडा नम्बर– २ को मिल्क र वडा नम्बर– ३ स्थित कनौटामा सडकमाथिबाट चट्टान सहितको ठूलो पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

लगातार वर्षाको कारण रिडी–तम्घास सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका– ३ स्थित सल्लेरीमा पहिरो खस्दा उक्त सडक पनि पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी–वामीटक्सार सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका– ६ स्थित डहरे खोला र वडा नम्बर– ५ को बादरेभीरमा बाढीपहिरोका कारण गएरातिदेखि उक्त सडकसमेत पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी सारुले जानकारी दिए ।

उक्त क्षेत्रमा अहिले पनि लगातार रुपमा वर्षा भइरहेका कारण वर्षा नरोकिएसम्म अवरुद्ध सडक सुचारु गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कालीगण्डकी करिडोर र रिडी–वामीटक्सार सडक पटक–पटक बन्द हुँदा त्यस क्षेत्रका नागरिकले समस्या भोग्दै आएका छन् । लगातारको वर्षाको कारण बडिगाड खोलामा पनि पानीको सतह बढ्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बसोबास गर्न आग्रह गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीले जिल्लाका करिब दुई सय भन्दाबढी स्थानलाई बाढीपहिरोको उच्च जोखिममा राखेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : ५७ बजे

कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ : नेता सिंह

कास्की – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै

पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरहरूमा पानी प्रशोधन प्रणाली

सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू)

काठमाडौं– सुनकोशी नदी किनारामा अवस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थित मुलकोट

पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फेरि

बेइजिङमा घातक बाढी : आँधीको सम्भावनापछि सतर्कता बढाइयो

काठमाडौं– सन् २०१२ पछिको सबैभन्दा घातक बाढीमा दर्जनौंको मृत्यु भएको