तारकेश्वर गाउँपालिका- ६ का वडाध्यक्ष रिमालको निधन « Khabarhub

तारकेश्वर गाउँपालिका- ६ का वडाध्यक्ष रिमालको निधन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको ४४ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

ज्वरो र निमोनियाले स्वास्थ्य प्रतिकूल भएसँगै वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत जेठमा पत्थरीको शल्यक्रिया पश्चात नियमित स्वास्थ्य जाँच गराउँदै आएका उनलाई पछिल्लो एक सातादेखि ज्वरो र निमोनियाले सताएको थियो ।

नेकपा एमाले नुवाकोटको सचिवालय सदस्य समेत रहेका रिमाल यसअघि २०७४ सालको निर्वाचनमा पनि वडा सदस्यमा निर्वाचित भएका थिए ।

उनको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्दै तारकेश्वर गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ११ : ३४ बजे

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली