पानी परेपछि सुनसरीका किसान खुसी « Khabarhub

पानी परेपछि सुनसरीका किसान खुसी


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इनरुवा– लामो समयपछि पानी परेपछि धान रोप्ने तयारीमा रहेका यहाँका किसान खुसी भएका छन् । सुनसरी सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीयतहमा पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । 

वर्षा नभएका कारणले अकासे पानीको भरमा खेती गर्दै आएका किसानलाई शनिबारदेखि भएको वर्षाले ठूलो राहत भएको भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवले बताए। पानी नभएर रोपाइँ गर्न नपाएका किसान समेत अहिले रोपाइँ गर्नका लागि जुटेको स्थानीय किसान बबलु खड्गाले बताए । 

पानीले नभएकाले सुक्न थालेको रोपो र बीउ समेत जोगाउनका लागि मद्दत पुगेको र रोपाइँ गर्न बाकी रहेका किसान समेत रोपाइँमा जुटेको स्थानीय चन्दन मेहताको भनाइ छ । भूमिगत सिचाइँको प्रयोग गरेर केही किसानखेती गरेको भए पनि पानी अभावका कारणले खाद्यमल प्रयोग गर्नका लागि समेत समस्या हुँदै आएको थियो । 

पानी परेपछि धान रोप्न बाँकी क्षेत्रमा काम सुरु भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले बताए। जिल्लामा नहरबाट पानी लाग्ने र मोटर तथा पम्पसेट चल्ने क्षेत्रमा निरन्तर धान रोपाइँ भइरहेको छ भने आकाशेपानीले अन्य ठाउँमा समेत धान रोपाइँ गर्न सहयोग भएको छ । पानी परेपछि सुक्खा रहेको खोलानालामा जलसतह समेत बढेको छ ।

सुनसरी सदरमुकाम इनरुवा र भोक्राहाको सीमामा रहेको सुनसरी खोला, बूढी खोला, सप्तकोशी नदी, कोसी कटान क्षेत्र, मरिया खोला, गडनलगायतका खोलानालामा पानीको सतह बढेको स्थानीयवासीले बताएका छन् । 
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १२ : २१ बजे

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी

नयाँदिल्ली– स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि

महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ