पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग « Khabarhub

पाकिस्तानी कार्यक्रममा कार्तिक आर्यन जोडिएपछि बलिउडमा तरंग


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता कार्तिक आर्यन पछिल्लो समय विवादमा तानिएका छन् । फेडेरेशन अफ वेस्टर्न इन्डिया सिने इम्प्लोईजले अभिनेतालाई  गत शनिबार एक औपचारिक पत्र पठाउँदै २०२५ अगस्ट १५ मा अमेरिकाको ह्युस्टनमा आयोजना हुन लागेको एक अन्तर्राष्ट्रिय कार्यक्रममा अतिथि रूपमा सहभागी हुन लागेको आशंकाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

उक्त कार्यक्रम ‘आजादी उत्सव’ शीर्षकमा आयोजना गरिएको हो, जुन पाकिस्तानी मूलका व्यवसायीहरूको स्वामित्वमा रहेको संस्थाले आयोजना गरेको बताइएको छ ।

एफडब्लुआईसीई र भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अघिल्लो वर्ष नै एउटा स्पष्ट निर्देशन जारी गर्दै पाकिस्तानी आयोजकहरूद्वारा आयोजना गरिएका कुनै पनि कार्यक्रम वा गतिविधिमा भारतीय कलाकारहरूले सहभागिता जनाउनु नहुने भनिएको थियो ।

यो कदम भारत–पाकिस्तानबीचको संवेदनशील कूटनीतिक सम्बन्ध र राष्ट्रिय हितको सुरक्षाका कारण उठाइएको हो । यसै सन्दर्भमा कलाकार संवद्ध संस्थाले आर्यनलाई पत्र लेख्दै यस्ता कार्यक्रममा संलग्न हुनु भारतीय फिल्म उद्योगको नीतिगत अडानको उल्लङ्घन भएको बताएको छ ।

विवादको सुरु भने एक अन्तर्राष्ट्रिय कार्यक्रमको प्रचार सामग्रीबाट भएको हो । उक्त सामग्रीमा कार्तिक आर्यनको नाम र तस्बिर प्रयोग गरिएको थियो, जसले उनलाई त्यस कार्यक्रममा सहभागी गराउने सङ्केत दिएको थियो । यो देखेर एफडब्लुआईसीईले तुरुन्त प्रतिक्रिया दिँदै कार्यक्रमका आयोजकहरूको नियत र कलाकारको संलग्नताबारे स्पष्टता खोजेको हो ।

यस विवादपछि कार्तिक आर्यनको टिमले (३ अगस्ट) आइतबार एक आधिकारिक प्रेस विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ कि उक्त कार्यक्रमसँग अभिनेता कुनै पनि प्रकारले संलग्न छैनन् ।

वक्तव्यमा भनिएको छ— ‘कार्तिक आर्यनले उक्त कार्यक्रममा सहभागी हुने घोषणा कहिल्यै गरेका छैनन् । उनले आयोजकहरूसँग कुनै सहमति जनाएका छैनन् । आयोजकले स्वेच्छाले उनको नाम र तस्वीर प्रयोग गरेका हुन् । हामीले तुरुन्तै आयोजकलाई सम्पर्क गरी प्रचार सामग्रीबाट उनको नाम र तस्बिर हटाउन अनुरोध गरेका छौँ ।’

आयोजक संस्थाले यो स्पष्टीकरणलाई ध्यानमा लिएको भए पनि, सामूहिक रूपमा आफ्नो अडानमा दृढ रहेको जनाएको छ । महासंघले पुनः सम्झाएको छ कि भारतीय कलाकारहरूले यस्ता पाकिस्तानी आयोजकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने कुनै पनि गतिविधिमा सहभागी हुनु हुँदैन । साथै (एफडब्लुआसी)ले आयोजकहरूलाई पनि चेतावनी दिएको छ कि भारतीय कलाकारहरूको नाम र तस्बिर, बिना अनुमति प्रयोग गर्नु भ्रामक, गैरकानून र प्रतिष्ठामा आँच ल्याउने कार्य हो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १२ : २३ बजे

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा

आजदेखि बेँसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ– यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर–चामे