झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन | Khabarhub Khabarhub

झापाका ठूला सहकारीमा पर्याप्त तरलता, सानामा छैन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाका ठूला सहकारीमा पर्याप्त तरलता रहेको पाइएको छ । जिल्लाका ठूला सहकारी संस्थाहरूले जारी गरेको २०८२ को असारसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार तरलता पर्याप्त रहेको पाइएको हो ।

सहकारी संस्थामा कम्तीमा १५ प्रतिशत तरलता हुनुपर्ने भएपनि ३६ प्रतिशतसम्म तरलता भएको झापा जिल्ला सहकारी सङ्घका सचिव भवानीप्रसाद दङ्गाल (भानु)ले बताए ।

‘अहिले ठूला सहकारीमा पैसा थुप्रिएको छ भने साना सहकारीले भनेका बेलामा बचत फिर्ता गर्न सक्ने अवस्था देखिँदैन’, उनले भने, ‘सहकारी संस्थाले लगानी वृद्धिका लागि उपयुक्त योजना ल्याउने पर्ने अवस्था छ ।’

नेपालकै ठूलो सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार ३६ दशमलव २१ प्रतिशत अर्थात्  पाँच अर्ब १२ करोड ६१ लाख ६० हजार २०२ तरलता रहेको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थामा २४ दशमलव ९५ प्रतिशत अर्थात् रु दुई अर्ब ८४ करोठ ६६ लाख ९९ हजार २३३, कर्णाली बचत तथा ऋण सहकारी संस्थामा १९ दशमलव ५२ अर्थात्  ६८ करोड २५ लाख तीन हजार आठ १३, हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा १९ दशमलव ०५ प्रतिशत अर्थात् रु ३२ करोड ८४ लाख ५३ हजार ५६० र सिम्रिक बचत तथा ऋण सहकारी संस्थामा १७ दशमलव ३२ प्रतिशत तरलता रहेको संस्थाको २०८२ असार मसान्तको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।

सहकारी संस्थाले बिनाधितो लगानी गर्दा अहिले लगानी जोखिममा पर्दै गएकाले थप चुनौती देखिएको सचिव दङ्गाल बताउँछन् । पछिल्लो समय झापाको सहकारी क्षेत्रमा उल्लेख्य सुधार आएको उनको भनाइ छ ।

झापामा हाल ७५३ वटा सहकारी संस्था छन् । ती सहकारी संस्थामा वार्षिक करिब तीन खर्बको वित्तीय कारोबार हुने गर्दछ । 

कोशी प्रदेशमा एक अर्बभन्दा बढीको वासताल भएको १४ वटा सहकारी छन् त्यसमध्ये ११ वटा झापामा रहेका छन् भने दुई वटा मोरङ र एक वटा सुनसरीमा रहेको सचिव दङ्गालले बताए। 

कोशी प्रदेशमा २८ वटा सहकारी कारबाहीमा परेका छन् भने झापामा सात वटा कारबाहीमा परेको सचिव दङ्गालले बताए।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १२ : ३१ बजे

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका इन्द्र बानियाँले पेस गरे दाबी

काठमाडौं– नेपाली कांग्रेसको बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका

कांग्रेससँग इतिहास मात्र होइन भविष्य हाँक्ने क्षमता पनि छ : नेता सिंह

कास्की – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेससँग गौरवपूर्ण इतिहाससँगै

पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरहरूमा पानी प्रशोधन प्रणाली

सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू)

काठमाडौं– सुनकोशी नदी किनारामा अवस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थित मुलकोट

पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फेरि