भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै बिर्सिँदैनन् : रास्वपा « Khabarhub

भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै बिर्सिँदैनन् : रास्वपा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशिम साहले गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरेका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा रास्वपाका तर्फबाट बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

‘सभामुख महोदय, भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ सांसद साहले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ ।’ 

उनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपालाई व्यवस्था र संसद् विरोध भनेको प्रति आपत्ति जनाए ।  

‘प्रधनमन्त्रीज्यूले केही दिन अघि रास्वपालाई व्यवस्था विरोधी र संसद् विरोधी भनिराख्दा मलाई गालिबको एउटा शायरी याद आयो । ‘उम्रभर गालिब यही भूल कर्ता रहा, धुल चेहेरे पे थि और आएना साफ करता रहा’,’ साहले भने, ‘धुलो त ऐना हेर्ने तपाईंहरूकै मन्त्रिपरिषद्का सदस्यहरूको अनुहारमा लागको छ, अनि ऐना देखाउने रास्वपालाई गाली गरेर हुन्छ त ?’

सांसद साहले पूर्वमन्त्री राजकुमार गुप्ताको ‘घुस डिल’को अडियो सार्वजनिक भए पनि उनीमाथि कारबाही नभएको भन्दै आपत्ति जनाए ।  

‘यो कस्तो परम्परा हो, भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो । अनि राजीनामा दिएपछि सबै पखालियो रु राजीनामा भनेको त भ्रष्टाचारको अपराधबाट मुक्ति पाउने गंगा स्नान पो भएछ,’ साहले भने, ‘तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइन बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई किन अदृष्य शक्तिको संरक्षण दिइरहेको छ ?’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १ : ३१ बजे

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।