प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा « Khabarhub

प्रतिनिधिसभा बैठकबाट बाहिरिए रास्वपा र राप्रपा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणको छानबिनका लागि न्यायिक वा संसदीय समिति गठनको माग गर्दै आएका प्रतिपक्षी दलहरू प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा आ–आफ्नो दलका तर्फबाट भिजिट भिसा प्रकरणबारे कुरा राखिसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू बाहिरिएका हुन् । 

रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकको राजीनामा र संसदीय वा न्यायिक समिति गठनको माग गर्दै संसद्मा विरोध गर्दै आएका छन् ।

सोमबारको बैठकमा रास्वपाका तर्फबाट सांसद असिम साह र राप्रपाका तर्फबाट सांसद ध्रुवबहादुर प्रधानले बैठकमा धारणा राखेका थिए । 

सांसद साहले भिजिट भिसा प्रकरणलाई जनताले कहिल्यै नबिर्सने दाबी गरे । ‘सभामुख महोदय, भिजिट भिसाको नाममा मानव तस्करहरूको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु,’ उनले भने, ‘जनताले यो प्रकरण बिर्सिन्छन् भनेर गल्ती नगर्नुहोला । जनताले बिर्सिने छैनन्, हामी कुनै पनि हालतमा बिर्सिन दिने छैनौँ ।’ 

राप्रपा सांसद प्रधानले भिजिट भिसा समस्या नभएर नियत समस्या भएको जिकिर गरे । ‘समस्या भिजिट भिसाको होइन, समस्या नियतको हो । भिजिट भिसामा त सबै जान्छन्,’ उनले भने, ‘श्रम मन्त्रालय, जसको थुप्रै संयन्त्रहरूले मानवहरूलाई विदेशमा पठाउने गरेका छन् । जसमार्फत् इमिग्रेसन (अध्यागमन) पनि जोडियो । जुन गृह मन्त्रालयअन्तर्गत रहेको छ ।’ 

प्रधानले राप्रपाले समाधान चाहेको पनि प्रष्टीकरण दिए । ‘सम्माननीय सभामुख महोदय, हामी समाधान चाहन्छौँ । कन्फ्लिक्ट अफ इन्ट्रेस्ट भइसकेपछि त्यहाँको छानबिन कस्तो हुन्छ ?,’ प्रधानले प्रश्न गर्दै भने, ‘त्यसैकारणले न्यायिक आयोगको कुरा हामीले निकालिरहेका छौँ । न्यायिक छानबिनको कुरो निकालिरहेका छौँ ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : १९ बजे

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि ६० लाख सहयोग

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा

हर्मुज सुरक्षामा योगदानबारे दक्षिण कोरिया सकारात्मक

सियोल– दक्षिण कोरियाले आफ्नो सैन्य तयारीमा असर नपर्ने गरी हर्मुज

संखुवासभामा शिक्षकको गोली हानी हत्या

संखुवासभा– संखुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा विद्यालय नजिकै ३६ वर्षीय शिक्षक

कृष्ण जन्माष्टमीमा पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौं – भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक