लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान « Khabarhub

लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत गरेका छन् ।

उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामाले आइतबार बेलुकी राजीनामाको घोषणा गरेका थिए । पार्टी संसदीय दलको नेतामा पराजित भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

लामालाई राजीनामा दिएर नवनिर्वाचित दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने मार्ग खोलिदिन सभापति शेरबहादसर देउवाको निर्देशन दिएका दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ५९ बजे

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको