लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान « Khabarhub

लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत गरेका छन् ।

उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।

नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामाले आइतबार बेलुकी राजीनामाको घोषणा गरेका थिए । पार्टी संसदीय दलको नेतामा पराजित भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।

लामालाई राजीनामा दिएर नवनिर्वाचित दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने मार्ग खोलिदिन सभापति शेरबहादसर देउवाको निर्देशन दिएका दिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली