पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ « Khabarhub

पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फेरि एक भएको बताएका छन् ।

चार दिनदेखि चलेको स्थायी समिति बैठक समापनपछि सोमबार पेरिसडाँडामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपमहासचिव जनार्दन शर्माले चर्काएको दुई लाइन संघर्षबारे केही नबोलेका उनले अब माओवादी फेरि एक भएको उल्लेख गरे ।

‘समग्र विषयमा प्रवक्ताले राख्नु हुन्छ । पहिलो कुरा त देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा माओवादी अब खटिन्छ’, उनले भने, ‘हामीले नै देशमा यो परिवर्तन गरेका हौँ । त्यसैले यसमा अबको हाम्रो जोड रहनेछ ।’

उनले यो स्थायी समिति बैठकपछि पार्टी एकताबद्ध भएको बताए । ‘पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिवद्धतासहित सबैखाले गुटबन्दीको अन्त्य गरेका छौँ’, उनले भने, ‘अब माओवादीमा सबैखाले गुट-उपगुट नरहने भन्ने निष्कर्षमा हामी पुग्यौँ ।’

उनले फेरि एक पटक माओवादीले जनतामा जाने निर्णय लिएको बताए । उनले देशमा देखिएको विसंगतिको विषयमा आन्दोलित हुने निर्णय पनि बैठकले गरेको बताएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने