पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ « Khabarhub

पेरिसडाँडामा प्रचण्ड- गुटबन्दी हटेर पार्टी फेरि एक भएको छ, अब आन्दोलनमा जान्छौँ


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फेरि एक भएको बताएका छन् ।

चार दिनदेखि चलेको स्थायी समिति बैठक समापनपछि सोमबार पेरिसडाँडामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उपमहासचिव जनार्दन शर्माले चर्काएको दुई लाइन संघर्षबारे केही नबोलेका उनले अब माओवादी फेरि एक भएको उल्लेख गरे ।

‘समग्र विषयमा प्रवक्ताले राख्नु हुन्छ । पहिलो कुरा त देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको सुदृढीकरणमा माओवादी अब खटिन्छ’, उनले भने, ‘हामीले नै देशमा यो परिवर्तन गरेका हौँ । त्यसैले यसमा अबको हाम्रो जोड रहनेछ ।’

उनले यो स्थायी समिति बैठकपछि पार्टी एकताबद्ध भएको बताए । ‘पार्टी एकताबद्ध भएको छ । हामीले सामूहिक प्रतिवद्धतासहित सबैखाले गुटबन्दीको अन्त्य गरेका छौँ’, उनले भने, ‘अब माओवादीमा सबैखाले गुट-उपगुट नरहने भन्ने निष्कर्षमा हामी पुग्यौँ ।’

उनले फेरि एक पटक माओवादीले जनतामा जाने निर्णय लिएको बताए । उनले देशमा देखिएको विसंगतिको विषयमा आन्दोलित हुने निर्णय पनि बैठकले गरेको बताएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १० बजे

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।