पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग « Khabarhub

पानी प्रशोधन प्रणाली सुदृढ गर्न सरकारसँग माग


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहरहरूमा पानी प्रशोधन प्रणाली सुदृढ गर्नका लागि ठोस पहल गर्न सरकारसँग माग गरेकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले ललितपुरमा खानेपानीका जारहरूमा फिकल कोलिफर्म भेटिएको भन्दै पानी प्रशोधन प्रणाली सुदृढ गर्नका लागि ठोस पहल गर्न सरकारसँग माग गरेकी हुन् ।  

‘सहरहरूमा पानी प्रशोधन प्रणाली सुदृढ पार्न ठोस पहल होस् र सुरक्षित खानेपानीबारे व्यापक जनचेतना अभियान तत्काल सञ्चालन होस्,’ सांसद गौतमले भनिन्, ‘यो केवल स्वास्थ्यको विषयमात्र होइन, यो राज्यले नागरिकको सुरक्षित पानी पिउने अधिकारको रक्षा गर्ने संवैधानिक दायित्व पनि हो ।’

उनले ललितपुरको गोदावरीमा ललितपुर स्वास्थ्य कार्यालयले गरेको परीक्षणमा ६० प्रतिशत जारको पानीमा फिकल कोलिफर्म भेटिएको तथ्यले पिउने पानीमा ढलजन्य पदार्थको मात्रा भएको प्रमाणित भएको बताइन् । 

‘सुरक्षित मानेर पिएको पानी नै रोगको स्रोत बनेको छ । अहिलेको अवस्थामा अस्पतालहरूमा झाडापखाला, भाइरल हेपाटाइटिस र टाइफाइडका बिरामी तीब्र रुपमा बढेका छन्,’ गौतमले भनिन्, ‘गतवर्ष यस्तै प्रदुषणका कारण हैजा फैलिएको थियो । मनसुन सुरु भइसकेकाले महामारीको खतरा अझ बढेको छ ।’

गौतमले जारको पानी आपूतिकर्ताको कडाइका साथ नियमित निरीक्षण हुनुपर्ने पनि माग गरिन्।

 ‘म सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्दछु— सबै जारको पानी आपूतिकर्ताको कडाइका साथ नियमित निरीक्षण होस्,’ उनले भनिन्, ‘परीक्षणको नतिजा पारदर्शी रूपमा सार्वजनिक होस् ।’

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १० बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’