सकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक, प्रचण्डले भने- पार्टी एकताबद्ध भयो « Khabarhub

सकियो माओवादी केन्द्रको स्थायी कमिटी बैठक, प्रचण्डले भने- पार्टी एकताबद्ध भयो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताबद्ध भएको बताएका छन्  । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकपछि प्रचण्डले पार्टीलाई एकताबद्ध गर्ने चुनौती जिम्मेवारीपूर्वक पुरा गरेको बताएका हुन्  ।

उनले  सुदृढ एकताका साथ सबै खाले गुटबन्दी, समूहबद्धताको अन्त्य गर्ने सङ्कल्पको सामूहिक प्रतिबद्धता गरिएको जिकिर गरे ।

मुलुकमा अहिले देखिएका समस्याको अन्त्यका लागि आन्दोलन गर्ने निर्णय बैठकले गरेको उनले बताए  । प्रचण्डले कुलिङ अफ पिरियडमा भएको चलखेलमा दोषी देखिएकालाई कारबाही गर्नेगरि छानबिन समितिले प्रतिवेदन बुझाउनुपर्ने स्पष्ट पारे । 

त्यस्तै बैठकपछि माओवादी उपमहासचिव जनार्दन शर्माले सबै एजेन्डामाथि बैठकमा खुला रूपमा छलफल भएको बताए । वैचारिक, राजनीतिक, सांगठानीक सवैका सन्दर्भमा गम्भीर रूपमा बहस भएको उनको भनाइ छ ।  

चार दिनदेखि जारी माओवादीको स्थायी कमिटी बैठक सोमबार नै सम्पन्न भएको छ । 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : २४ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा