विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह « Khabarhub

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको छ । 

चार दिनसम्म चलेको स्थायी समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्ययनका क्रममा इजरायल गएका विपिनलाई हमास समूहको नियन्त्रणबाट मुक्त गर्नका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको हो ।

‘हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालिहरूको सुरक्षाका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकले गरेको निर्णयमा भनिएको छ । 

साउन १६ देखि सुरू भएको माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सोमबार सम्पन्न भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ०३ बजे

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ

रास्वपा महाधिवेशन : प्रत्येक प्रदेशबाट ५–५ जना निर्वाचित हुने व्यवस्था

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रत्येक प्रदेशबाट

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा