विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह « Khabarhub

विपिन जोशीको रिहाइको लागि थप कूटनीतिक पहल गर्न सरकारसँग माओवादीको आग्रह


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले इजरायलमा हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको छ । 

चार दिनसम्म चलेको स्थायी समिति बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्ययनका क्रममा इजरायल गएका विपिनलाई हमास समूहको नियन्त्रणबाट मुक्त गर्नका लागि थप कूटनीतिक पहल बढाउन सरकारसँग आग्रह गरेको हो ।

‘हमास समूहले कब्जामा लिएका विपिन जोशीको रिहाई एवम् मध्यपूर्व लगायतका ठाउँमा रहेका लाखौं नेपालिहरूको सुरक्षाका लागि थप कूटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ बैठकले गरेको निर्णयमा भनिएको छ । 

साउन १६ देखि सुरू भएको माओवादी केन्द्रको स्थायी समिति बैठक सोमबार २६ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सोमबार सम्पन्न भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ०३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली