जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन « Khabarhub

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा अनुगमन गरेको छ ।

सोमबार उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका भित्रका औषधी पसल तथा मेडिकलहरूमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.ली, दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो । उनीहरूलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो ।

अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा संचालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत संचालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधीहरू अनुगमन टोलीले जफत गरेको छ ।

उदयपुरमा संचालित धेरै मेडिकहल मापदण्डविपरीत संचालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन थालिएको हो ।

उनले जिल्ला भित्रका सबै मेडिकलहरूमा अनुगमन गरिने समेत बताए । अनुगमन टोलीले मापदण्डविपरीत संचालित धेरै मेडिकल हललाई तत्काल मापदण्ड अनुसार संचालन गर्न सुझाव समेत दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ३९ बजे

लामो प्रतीक्षापछि सुरु हुँदै रास्वपाको बन्दसत्र

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको बन्दसत्र लामो प्रतीक्षापछि सुरु हुन लागेको

आणविक निरीक्षणमा इरानको अडान

एजेन्सी– इरानले संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय अन्तर्राष्ट्रिय आणविक ऊर्जा

बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित

सिमिकोट– हिमाली जिल्ला हुम्लामा असारे झरी नहुँदा बाली सुक्दै गएपछि यहाँका

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई