जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन « Khabarhub

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा अनुगमन गरेको छ ।

सोमबार उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले जिल्लाको चौदण्डीगढी नगरपालिका भित्रका औषधी पसल तथा मेडिकलहरूमा अनुगमन गरेको हो ।

अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रा.ली, दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको थियो । उनीहरूलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको हो ।

अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा संचालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत संचालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

अनुगमन सहायक प्रमुख जिल्ला अधिकारी सहित जिल्ला स्थित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र स्थानीय पालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधीहरू अनुगमन टोलीले जफत गरेको छ ।

उदयपुरमा संचालित धेरै मेडिकहल मापदण्डविपरीत संचालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन थालिएको हो ।

उनले जिल्ला भित्रका सबै मेडिकलहरूमा अनुगमन गरिने समेत बताए । अनुगमन टोलीले मापदण्डविपरीत संचालित धेरै मेडिकल हललाई तत्काल मापदण्ड अनुसार संचालन गर्न सुझाव समेत दिएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ४ : ३९ बजे

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

पर्यटकको रोजाइमा सुनसरीको वेतना सिमसार

मोरङ– सुनसरीको इटहरी चोकदेखि १६ किलोमिटर पूर्वतर्फ गएपछि हरियो वनले

फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध

काठमाडौं – फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल