जिरीका आलु सस्ता, किसान मर्कामा | Khabarhub Khabarhub

जिरीका आलु सस्ता, किसान मर्कामा


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

दोलखा– आलुखेतीको उर्वरभुमीको रूपमा रहेको जिरी नगर क्षेत्रका स्थानीय किसानले गत वर्षको भन्दा केजीमै ३० रुपैयाँ सस्तोमा आलु बिक्री गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । 

वार्षिक १० करोड बराबरको आलु काठमाडौं निर्यात गर्दै आएका किसानले माथिल्लो बजारमै आलुको मूल्यमा गिरावट आएको ठेकेदारले बताएपछि यसवर्ष केजीमै ३० रुपैयाँ सस्तोमा आलु बिक्री गरिरहेको दुखेसो गरे । गत वर्ष ६५/७० रुपैयाँमा बिक्री भएको आलु यसवर्ष प्रतिकेजी ३०/३५ रुपैयाँमा बेच्नुपर्ने किसानको गुनासो छ । 

नगरपालिकाको ९ वटा वडाहरूबाट वार्षिक शरद १० करोड रुपैयाँ हाराहारीको आलु निर्यात हुने गरेको छ । पर्यटकीय क्षेत्रको रूपमा परिचित जिरी आलु खेतीमा पनि अब्बल रहेको छ ।

मुख्यगरी जिरीको बुलडाँडा र ठुलोपातलबाट धेरै आलु निर्यात हुने गरेको स्थानीयहरू बताउँछन् ।

त्यसैगरी सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, सिउरानी, ओखरे, ढुंगे, भण्डारे र खावाबाट पनि हजारौँ टन आलु सिधै काठमाडौं निर्यात हुने गरेको छ । जिरीको आम्दानीको मुख्य स्रोत आलु तथा कृषि उपज नै हो ।

जिरीका एक स्थानीयले सिजनमा न्यूनतम २ लाखदेखि ७ लाख रुपैयाँसम्मको आलु बिक्री गर्दै आएका छन् । जिरी-६ बुलडाँडाका स्थानीय अहिले आलु खण्ड व्यस्त छन् । यहाँ २०/२२ घरधुरीले आलुबाट लाखौं आम्दानी गर्ने गरेको स्थानीय सोनी शेर्पाले बताइन ।

उनले गत वर्ष ३ लाखको आलु बिक्री गरेकोमा यस वर्ष उत्पादन मूल्य घटेकाले आम्दानी पनि घट्ने उनी बताउँछिन्।

विशेष शेर्पा समुदायको बसोबास हुँदै आएको बुलडाँडाका शेर्पा समुदायको आर्थिक आर्जनको स्रोत नै आलु तथा कृषि उपज बनेको छ ।

कुनै समय बुलडाँडाबाटै वार्षिक २ करोड बढीको आलु निर्यात हुने गरेकोमा अहिले गाउँ युवा विहीन बन्दा ६० प्रतिशत आलु खेती घटेको स्थानीय दावा शेर्पाले बताए ।

गाउँमा युवा नहुँदा गाउँमा भएका बुढापाकाले नै खेती धान्नु पर्ने हुन्छ उनले भने,पहिले जस्तो मान्छेहरू गाउँमा छैनन् । गाउँमा मान्छे नभएकै कारण पहिले जस्तो आलु खेती तथा उत्पादन हुन छाडेको छ ।

बुलडाँडाका स्थानीयले आलोपालो गरेर आलु खन्ने गरेका छन् । गाउँमा अहिले प्रत्येक घरमा २/३ जना मात्रै बसोबास गर्ने हुँदा खेतला पाउन मुस्किल छ ।

शेर्पालेका अनुसार जिरी बजार देखि गाउँ धेरै माथि भएकाले यहीँ भएका छरछिमेक मिलेर मेलापात गर्ने गरेको उनले बताए ।

यहाँबाट खनेको आलु लिंकन बजारसम्म लैजानु पर्छ । त्यहाँ स्टोर र आलुको तौल हुन्छ, त्यसपछि ठेकेदारले टिप पुर्‍याएर काठमाडौं लाने गरेको कृषक शेर्पाले सुनाए । 

आलु संकलक तथा बिक्रेता ठेकेदार याम बहादुर जिरेलका अनुसार जिरीबाट गत वर्ष झण्डै १२ करोड बराबरको आलु बिक्री तथा काठमाडौं निर्यात गरिएको थियो।

यस वर्ष केजीमै २५ रुपैयाँले मूल्य घटेको छ । त्यसो हुँदा यस वर्ष जिरीबाट १० करोड बराबरको आलु निर्यात हुने अनुमान गरिएको उनले सुनाए ।

जिरीमा जिरेल जस्तै अन्य ३ जना आलु विक्रेता ठेकेदार छन् । उनले यस वर्षको पहिलो सिजनमा एक करोड माथिको आलु संकलन गरेर २२ टिप आलु काठमाडौं ढुवानी गरेको बताए । आलुको सिजन असोजसम्म चल्ने गर्छ अझै ३ करोड बराबरको आलु आफु मार्फत नै निर्यात हुने जिरेल बताउछन ।

बुलडाँडा, माली, श्यामा जस्ता दुर्गम गाउँमा ठुला गाडी आलु लिन जान नसक्ने हुँदा बोलेरो लगायतका साना सवारी गाउँ पठाएर आलु संकलन गरिरहेको उनले सुनाए ।

साना सवारीसाधन गाउँसम्म पुग्न थालेपछि किसानका उत्पादनले सजिलै बजार पाउन थालेको जिरेलको अनुभव छ ।

जेठको अन्तिम सातादेखि असोजको पहिलो सातासम्म आलु संकलन तथा निर्यात काठमाडौंको कालीमाटी बजारमा पठाइन्छ जिरेल भने ।

उनले यस वर्ष अहिलेसम्म १ लाख ९८ हजार किलो आलु निर्यात भइसकेको छ । तर, यस वर्ष आलुको मूल्यमा गिरावट आएको बताए ।

गत वर्ष ६०देखि ७५ रुपैयाँ प्रतिकेजीसम्म बिक्री भएको आलु अहिले ३० देखि ३६ रुपैयाँमा झरेको उनले बताए। आलुको मूल्य घट्दा किसानको आम्दानी घट्ने त भयो नै, उत्पादनको लगानीसमेत उठाउन हम्मेहम्मे पर्छ ।

बिउ मुल्य नै प्रतिकेजी ६०/७० रुपैयाँमा ल्याउनुपर्ने हुन्छ । तर त्यस अन्य मल-मेहनत जोड्दा लगानी नै नउठ्ने देखिन्छ । सरकारले नेपाली उत्पादनलाई व्यवस्था गर्दा भारत र भुटानबाट आउने आलुको कारण नेपालका ग्रामीण किसानले उत्पादन गरेको आलुको मूल्य घटेको आलु कृषकहरू बताउँछन् । 

भारतबाट आउने आलुले सहज रूपमा बजार र मूल्य पाउँछ,तर नेपालमै उत्पादन भएको आलुले न बजार पाउँछ,न त मुल्य नै । सरकारले आलुको समयमै मूल्य न तोक्दा पनि स्वदेशी आलुको मूल्य अन्योलमा रहेको आलु व्यवसायीहरू बताउँछन् ।
सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ५ : २७ बजे

भिजिट भिसा प्रकरणदेखि ‘बहुविवाह’सम्म गरमागरम बहस

काठमाडौं– सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले गृहमन्त्री

कागतीमा खटिरे र ढुसीजन्य समस्या

चितवन– जिल्लामा लगाइएका कागती खेतीमा क्याङ्कर (खटिरे)र ढुसीजन्य रोगको समस्या

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा

‘राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति नियमावली, २०८२’ जारी 

काठमाडौँ  – नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको