कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड « Khabarhub

कक्षा १२ को नतिजा : नतिजा ९ प्रतिशतले सुधार हुँदा अंग्रेजीमा ६६ हजार ननग्रेडेड


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाखमा सञ्चालित क्षा १२ को परीक्षाको नतिजा आएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष २ लाख ८२ हजार ४६५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअुनसार कक्षा १२ मा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् ।

यस वर्षको परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ ले परीक्षा दिएका थिए ।

त्यस्तै उता ननग्रेड ३८.८३ प्रतिशत रहेका छन् । यस पटक सबैभन्दा धेरै ६६ हजार २७५ जनाले अंग्रेजी विषयमा ननग्रेड ल्याएका शर्माले बताएका छन् ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माअनुसार पढाइ र परीक्षा प्रणालीमा गरिएको सुधारका कारण एसईईमा जस्तै कक्षा १२ को नतिजा पनि राम्रो भएको बताए।

उनका अनुसार यस पटकको नतिजा गत वर्षभन्दा ९ प्रतिशतले बढेको हो। गत वर्ष ५२. ९१ प्रतिशत विद्यार्थी पास भएका थिए ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ३३ बजे

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा