दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश « Khabarhub

दुर्गा प्रसाईंलाई रिहा गर्न उच्च अदालतको आदेश


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उच्च अदालत पाटनले बीएन्डसी मेडिकल कलेजका मालिक एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यसअघि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान जाने गरि भएको राजावादीको प्रदर्शनका मुख्य नाइकेका रुपमा रहेका प्रसाईंलाई तीन लाख धरौटीमा छाड्न भनेको हो ।

प्रसाईंविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो ।

२०८१ चैत २६ गते भारतको असमबाट पक्राउ परेका प्रसाईंलाई गत जेठ ३० गते जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीले थुनामा पठाउने आदेश दिएसँगै उनी डिल्ली बजार जेलमा थिए । उक्त घटनामा सरकारी वकिलको कार्यालयले ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन गरेको थियो । त्यसमध्ये प्रसाईंसहित ३९ जना प्रहरी हिरासतमा थिए ।

प्रसाईंविरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदाबी लिइएको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ०१ बजे

मोरङ र मकवानपुरबाट करिब एक हजार ३ सय ९१ किलो गाँजा बरामद

काठमाडौं– मोरङको रंगेली नगरपालिका-८ स्थित खेतबाट अवैध लागूऔषध गाँजा ९ सय

नक्कली नोटसहित एक जना पक्राउ

सर्लाही– विष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली

मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने

विराटनगर– कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण

सबल अर्थतन्त्रका लागि ऊर्जा क्षेत्रमा ‘स्पष्ट नीति’ आवश्यक

स्वदेशी तथा विदेशी लगानीमा विभिन्न काम भइरहेको ऊर्जा क्षेत्रमा केही

‘महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका’

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार