छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना « Khabarhub

छोरी र नाति सम्झिँदै डिल्ली बजार जेलबाट दुर्गा प्रसाईंको बिलौना


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले डिल्लीबजार कारागारबाट सार्वजनिक अपिल जारी गरेका छन् । उनले आफ्नी छोरी र नातिलाई सम्झँदै ‘कारागारको अध्याँरो कोठाबाट’ फेसबुकमा आफ्नो लिखित भनाइ सचिवालयमार्फत् सार्वजनिक गरेका हुन् ।

‘हरेक नेपालीले आफ्नो सन्तानको साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुवा-हजुरआमाको काखमा नातिनातिना हुन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातीले बहुत याद गर्छ रे’, प्रसाईंले भनेका छन्, ‘परिवारले बाहिर जानुभएको छ, चाँडै आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे, एक मनले सोच्छ- कारागारमै भए पनि बोलाएर एकछिन नाति खेलाऊँ, अनि फेरि सोच्छु- के सम्हालिएला र ? मनमा भक्कानो छुट्यो, नातिका अगाडि के भन्ला उसले ?’

‘डिल्ली बजार कारागारको अँध्यारोबाट’ शीर्षकमा जारी गरेको अपीलमा उनले आफू देश बनाउन लागिपरेको र कारागारमा रहँदा पनि देशका लागि सपना देखिरहेको दाबी गरेका छन्।

प्रसाईंले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै आफू कुनै आपराधिक कारणले नभएर षड्यन्त्रपूर्वक जेलमा पारिएको उल्लेख गरेका छन्।

‘मैले शान्तिपूर्ण कार्यक्रम गर्दै गर्दा प्रहरीले नियन्त्रित लियो भनेको हो, तर लिएको भनेको होइन,’ उनले लेखेका छन्, ‘यो मेरो कमजोरी थिएन, बरु मेरो एकता कायम राख्ने प्रयास थियो।’

उनले देशमा राजनैतिक अन्याय, तस्करी, माफिया र धर्मनिरपेक्षताका नाममा भइरहेको भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएको बताएका छन् ।

त्यसैका कारण आफू निशानामा परेको आरोप पनि उनले लगाएका छन्। अपिलमा प्रसाईंले देशका सम्पूर्ण देशप्रेमीलाई एकजुट भइ राष्ट्र, राष्ट्रियता र सनातन धर्मको पक्षमा उभिन आह्वान गरेका छन्।

प्रसाईंले भनेका छन्, ‘जसरी अलिकतको धागो फुकाउँदै पुरानो गाउँमै पुगिन्छ, त्यस्तै आज पनि आफ्नो संस्कृति र परम्परामा फर्किन सके, हामीले पुरानो प्यारो नेपाल बनाउन सक्छौँ।’

उनले आगामी दिनमा आफूले ‘शक्तिशाली र सकारात्मक अभियान’ ल्याउने योजनामा रहेको पनि बताएका छन्।

आफ्नो गिरफ्तारीलाई उनले सरकारको गलत नियतका रूपमा चित्रित गरेका छन् । ‘मेरा सवारी चालकलाई बाहिर निकालेर प्रहरीले गाडी हुइँक्याएको हो। मलाई त्यतिबेला नै नियन्त्रणमा लियो भनेका थिए, तर लिइएन। त्यसपछि बाहिर नै शान्तिपूर्वक बस्दा पक्राउ गरियो। यसलाई मेरो कमजोरी भन्नेलाई यो मेरो राष्ट्रप्रेमको परिचय हो भन्न चाहन्छु।’

उनले हजारौं पीडित र गरिब नागरिकको प्रतिनिधित्व गर्ने आफ्नो प्रयासलाई अन्यथा नलिन जिकिर गरेका छन् । ‘डाक्टर बनेर सेवा गर्न चाहने मेरो सपना थियो, आज म जेलमा छु, तर सेवा गर्न रोकिएको छैन’, उनले भनेका छन् ।

२०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जाने गरि भएको राजावादीको हिंसात्मक प्रदर्शनमा ‘आओ आओ’ भन्दै उनले भीड उक्साएका थिए ।

तीनकुनेबाट संसद् भवन कब्जा गर्न भन्दै शान्तिनगरतिर गाडी अघि बढाउने क्रममा प्रहरीलाई कुल्चिने कोसिस उनले गरेका थिए । त्यसपछि भागेका उनी चैत २६ गते भारतको असमबाट समातिएका थिए ।

प्रसाईंलाई यही जेठ ३० गते काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । उनी अहिले डिल्ली बजार कारागारबाट मुद्दाको पुर्पक्ष गरिरहेका छन् ।

प्रसाईंले छोरी डाक्टर पढेर नेपाल फर्किँदा एयरपोर्टमा स्वागत गर्न जान नपाएकोमा पनि दु:खेसो गरेका छन् । ‘विद्यार्थी बनाएर पठाएकी छोरी यही महिना डाक्टर बनेर फर्किँदै छ, एयरपोर्टमा पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर, रहरमै सीमित भयो । मेरो हालत यस्तै छ, तपाईं सबैको सदा सुन्दर होस् भनी पशुपतिनाथसँग कामना गरिरहेको छु’, उनले भनेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनामा चैत १४ गते बेलुका राजावादी आन्दोलनको ‘जनकमाण्डर’ बनेका प्रसाईंले कारागारबाट भगवानलाई समेत सम्झिएका छन् ।

‘आज मैले आफ्नै जीवनलाई नियालिरहेको छु, एक समान्य परिवारमा आमाले मकै खन्दै गर्दा म कुन उद्देश्यको लागि जन्मिएँ होला ? शास्त्रले पनि भन्छ कि मानिसको जन्म कुनै न कुनै उद्देश्य पूरा गराउन भगवानमार्फत् हुन्छ’, उनले भनेका छन्, ‘न मैले पढ्न सकेँ, न आमाको रहरअनुसार जागिरे भएँ, बरू डाक्टर पढाउने कलेज बनाएँ । हजारौँ मानिसलाई जागिर दिएँ, के यो सबै भगवानको चाहनाबिना सम्भव थियो होला र ?’

प्रसाईले ‘एकदिन आकाशको बादल हटेर उज्यालो आउनेछ’ विश्वास गरेका छन् । उनले राजावादी र आफ्ना शुभचिन्तकलाई नआत्तिन पनि भनेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ५ : १६ बजे

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

काठमाडौं– नेपाल शिक्षक महासङ्घले शिक्षण संस्थामासमेत हप्तामा दुई दिन (शनिबार

दक्षिण कोरियामा नेपाली चिया प्रवर्द्धन कार्यक्रम

काठमाडौं– दक्षिण कोरियाको राजधानी सिओलस्थित नेपाली दूतावासले बुधबार नेपाली चियाको

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

पेरिस- मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्र, कूटनीति र सुरक्षा अवस्थामाथि

समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा किसान खुसी

टीकापुर– कैलालीका किसान सरकारले तोकेको समर्थन मूल्यभन्दा बढीमा गहुँ बिक्री

सुनको मूल्यमा केही गिरावट

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ