भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती « Khabarhub

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ । यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो । 

नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहेएका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ । हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ । 

उनले भने, ‘विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ ।’

सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन् । भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको  थियो । 

नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन् । उत्पादित खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता सहरबाट माग भइरहेको भानुमती नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताए। 

पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक संकेत गरेको बताए। स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने नगरप्रमुख दधिराज सुवेदीले  बताए। 

उनले भने, ‘आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।’
 

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ७ : ३७ बजे

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी

नयाँदिल्ली– स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि

महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका

रवि-बालेनकै गाडी ब्रेक लागेर दुई दिनदेखि चितवनमा रोकिएपछि…

काठमाडौं – देविका राना गुल्मीबाट चितवनको गर्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व

मन्त्री मेहताद्वारा बकुलहर रत्ननगर अस्पतालको निरीक्षण

भरतपुर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले रत्ननगरस्थित बकुलहर रत्ननगर

सरकारले गर्यो सार्वजनिक सवारीसाधनको दर्ता आंशिक खुला

काठमाडौं– सरकारले सार्वजनिक सवारीसाधनको दर्ता आंशिक रुपमा खुला गरेको छ