उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु « Khabarhub

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको आदेशपछि कारागारमुक्त भएका छन्। कारागारमुक्त भएसँगै उनले सोमबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै साथ, सहयोग र हौसलाका लागि देश–विदेशमा रहेका नेपालीप्रति आभार व्यक्त गरेका छन्।

‘जिल्ला अदालतको आदेशले कारागार चलान हुँदा पनि म आदेशलाई शिरोपर गर्दै खुशी साथ कारागार गएको थिएँ’ उनले लेखेका छन्, ‘आज उच्च अदालतको आदेशबाट रिहा हुँदा पनि म देश निर्माणको भावी योजनाका साथ घर फर्किदैछु।’

उनले अदालतप्रति कृतज्ञता व्यक्त गर्दै भनेका छन्‘न्याय मरेको छैन भन्ने आभाष दिलाउनु हुने समस्त श्रीमानहरू सहित अदालत परिवारलाई हार्दिक धन्यवाद ।’

कारागार बसाइलाई सहज रूपमा स्वीकारेको जनाउँदै प्रसाईंले कारागारलाई पनि घरसरह मानेको उल्लेख गरेका छन्। ‘सारा नेपाल मेरो घर हो, कारागार पनि मलाई घरभन्दा फरक लागेन,’ उनले लेखेका छन्।

प्रसाईंले कारागार प्रशासन, नेपाल प्रहरी, तथा जेलमा रहेका साथीहरूको सहयोगप्रति पनि आभार प्रकट गरेका छन्। साथै, देशका लागि निरन्तर क्रियाशील रहने प्रण दोहोर्‍याउँदै उनले भनेका छन्, ‘म मेरो लागि होइन, देशकै लागि थिएँ, छु र रहिरहनेछु। तरिका र शैली बदलिन सक्छ, तर स्वभाव परिवर्तन हुँदैन।’

प्रसाईंलाई जेठ ३० गते जिल्ला अदालतको आदेशअनुसार डिल्लीबजार कारागार चलान गरिएको थियो। तर उच्च अदालतले विभिन्न फरक मुद्दामा उनीमाथिको मुद्दामा २८ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनी सोमबार जेलमुक्त भएका छन्।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ९ : २४ बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको