तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो « Khabarhub

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । यस्तै जिपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

यहाँँको बन्दीपुर गाउँपालिका–१ सिम्ले घुम्तीमा आज बन्दीपुर गाउँपालिका–३ आहाले बस्ने ३८ वर्षीय रुपलाल भुजेल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बन्दीपुर डुम्रे सडकखण्डबाट करिब १५ मिटर तल बारीमा भुजेलको शव भेटिएको हो ।

यस्तै, भानु नगरपालिका–९ काउरेटार बस्ने १७ वर्षीया रमा कुमाल आज मृतावस्थामा भेटिएकी छन् । आइतबार राति शौचालय जान्छु भनी घरबाट निस्किएकी उहाँको शव पालुङटार नगरपालिका–९ स्थित मस्र्याङ्दी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दिउँसो बोलेरो जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ बस्ने ६६ वर्षीया निरमाया थापा रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दमौलीबाट थर्पुतर्फ जाँदै गरेको बा १३ च ६७७८ नं को जिपले ठक्करले घाइते भएपछि उहाँलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । जिप चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  १० : २० बजे

त्रिशूली–३ ‘ए’ सुरुङबाट एक जनाको जीवितै उद्धार

रसुवा- भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये

ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन्

सर्लाही– सर्लाहीको बलरामा व्यवस्थित नहरको अभावमा ठूलो धनराशि खर्च गरेर

तीज कार्यक्रम स्थगन : बाढी प्रभावितलाई सहयोग

गण्डकी– रसुवाको भोटेकोशी नदीमा गत साता गएको विनाशकारी बाढीले मुलुक

एक वर्षअघिको खबरदारी, वर्तमानको विपत्ति

लेखकको उद्देश्य केवल सरकार र सरोकारवाला निकायलाई सचेत गराउनु मात्र

भोटेकोशी बाढी : ९२६ शवको व्यवस्थापन, १८ सय ६२ जनाको डीएनए सङ्कलन

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको