आज २०८२ साल भदौ १९ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ १९ गते बिहीबारको राशिफल


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १९ गते बिहीबार। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेनदेनमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने योग छ। विपक्षीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। स्वदेशमा रोजगारीका विकल्प देखिने छन्। राज्यको सेवामा भए बढुवा हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन सामान्य छ। तपाईंको बोलीका कारण आफन्त टाढा हुनेछन्। व्यापारमा फाइदा भए पनि शिक्षामा सुधारका लागि थप मिहिनेत गर्नुपर्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

कर्कट : दिन राम्रो छ। बोलीको प्रभाव रहनेछ। तपाईंको बोली परोपकारमा लगानी गर्नुपर्ने समय छ। जग्गा सम्बन्धी कारोबारमा सफलता मिल्नेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

सिंह : दिन सामान्य छ। परिवारमा गोपनीयता भंग नगर्नु उचित हुन्छ। सञ्चित धन खर्च हुनेछ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम बन्नेछन्।

कन्या : दिन राम्रो छ। कृषिको व्यापारमा नाफा हुनेछ। तरकारी खेतीबाट आम्दानी बढ्नेछ। राजनीतिमा विपक्षीको साथ मिल्नेछ। सत्तामा जाने योग रहेको छ। विज्ञसँगको परामर्शले मन शान्त बन्नेछ।

तुला : दिन सामान्य छ। श्रम शोषणको जोखिम रहेको छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। हरेक काममा ढिलासुस्ती हुने जोखिम छ। परिवारमा खर्च बढ्दा मन अशान्त बन्ने जोखिम छ।

वृश्चिक : दिन राम्रो छ। साथीसँगको सहकार्यमा गरेको काम सफल बन्नेछ। एकल निर्णय नगर्नु उचित हुन्छ। वैदेशिक रोजगारी भन्दा स्वदेशमै रोजगारीका विकल्प प्राप्त हुनेछन्। साथीलाई सहयोग गर्न लाग्दा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ।

धनु : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। सम्पत्तिको सदुपयोग गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मकर : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। विदेश यात्राको नाममा सम्पत्ति फस्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बित्ने योग छ।

कुम्भ : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्नेछ। साना कुराले मन अशान्त बन्ने जोखिम छ। अन्त्य साढेसाती दशाका कारण सोचेका काममा अवरोध हुनेछ। धार्मिक कार्यमा समय बिताउनु लाभदायक हुनेछ।

मीन : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। आम्दानीका स्रोत फेला पर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। परिवारको सल्लाह र सुझाव लिएर बस्नु उचित हुनेछ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : ०३ बजे

हाँडीगाउँमा गहना खोज्ने जात्रा सम्पन्न

काठमाडौं– काठमाडौंको हाँडीगाउँमा शुक्रबार गहना खोज्ने जात्रा सम्पन्न भएको छ

गरिब र निमुखाका लागि सहकारी : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारीलाई उत्थान गर्न सके

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल