बिहीबार भगवान विष्णुको पूजा « Khabarhub

बिहीबार भगवान विष्णुको पूजा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ १९ गते बिहीबार। भाद्र शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ४ तारिख।

बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो दिन विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ। यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु हुन्छ। त्यस दिन अनुराधा नक्षत्र परेमा असाध्यै राम्रो मानिन्छ।

कसरी पूजा गर्ने ?
बिहान स्नानपछि पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दनलाई एक साथ मिलाएर प्रसाद बनाउने। यस प्रसादलाई भगवानलाई अर्पण गरेर पूजा गरौँ। यसबाट भगवान विष्णु प्रसन्न भएर उहाँको आर्शिवाद तपाईंको घरमा सधैँ भइरहने छ।

यो व्रत १३ महिना वा कम्तिमा ७ महिनासम्म लिनुपर्छ भन्ने मान्यता छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ५ : २२ बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको सुकुमवासी होल्डिङ

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को

गरिबमाथि राज्य किन यति निर्मम ?

शनिबार कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो भाइरल भयो

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका