सरकारको चेतावनीको समयमा बन्द भएनन् सामाजिक सञ्जाल « Khabarhub

सरकारको चेतावनीको समयमा बन्द भएनन् सामाजिक सञ्जाल


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको अन्तिम अवधि हुँदा बुधबारसम्म धेरैलाई फेसबुक बन्द हुने चिन्ता थियो। बुधबार दिनभर फेसबुक प्रयोगकर्ताले अन्तिम पटक भन्दै पोस्ट राखेका थिए। तर सरकारले चेतावनी दिएको अवधि सकिँदासम्म सामाजिक सञ्जाल चलिराखेका छन्।

सरकारले सामाजिक सञ्जाल सञ्चालक कम्पनीबाट राति १२ बजेसम्म कुर्ने र नआए बन्द गर्ने चेतावनी दिएको भए पनि अहिलेसम्म सञ्जाल निर्वाध रुपमा चलिराखेका छन्।

फेसबुक, इन्टाग्राम, ट्वीटर, लिङ्क्डइन, युट्यूब, गुगल र जीमेल लगायत सूचीकरण नभएका सबै सञ्जाललाई सूचीकरण हुन आउन सरकारले मन्त्रिपरिषद्बाट निर्णय गर्दै गत बिहीबार एक सूचना जारी गरेको थियो।

सामाजिक सञ्जाललाई नेपालमा सूचीकरण हुन सरकारले दिएको सात दिनको अल्टिमेटम गएराति १२ बजे सकिएको हो। बुधबार रातिसम्म कुनै पनि सञ्जाल सञ्चालकले नेपालमा सूचीकरण निम्ति निवेदन दिएका छैनन्।।

सञ्चार मन्त्रालय स्रोतका अनुसार एकैचोटि झ्याप्पै बन्द नगरी ‘पार्सियल सटडाउन’ को उपायमा सरकार अगाडि बढ्नेछ । सरकारले सामाजिक सञ्जालबाट कुराकानी गर्न नमिल्ने, भिडियो कल गर्न नदिने र विस्तारै बन्द गर्दै जाने नीति अवलम्बन गर्नेछ ।

‘अल्टिमेटम त दिइयो, तर कुनै सञ्जाल सञ्चालक कम्पनीले पनि नेपालमा सूचीकरण निम्ति खबरसम्म गरेनन्‌’, नेपाल दूरसञ्चार प्राधिकरण स्रोतले बिहीबार भनेको थियो, ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूले आज राति १२ बजेसम्म मेल आउँछ कि भनी कुर्ने भन्नुभएको छ, अर्कातिर सञ्जाल चलाउने नागरिकहरूले चर्को विरोध गरिरहेका छन्‌, १२ बजेसम्म मेल नआए बन्द गर्ने मोटामोटी कुराकानी भएको छ, तर टुङ्गो छैन।’

कुन कुन सञ्जाल बन्द गर्ने भन्नेबारे पनि सरकार अलमलमा देखिएको छ। गुगल सर्च इञ्जिन र जीमेलको प्रयोगकर्ता आफैँ पनि रहेकाले यी दुई सञ्जाल बन्द गर्दा सरकार आफैं अप्ठेरोमा पर्नेछ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ६ : ०० बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण