एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित « Khabarhub

एएफसी यु–२३ एसियन कप छनोट : ताजकिस्तानसँग नेपाल पराजित


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २३ वर्षमुनिको एएफसी एसियन कप छनोट प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

गएराति ताजकिस्तानको दुसान्बेस्थित पामिर रङ्गशालामा भएको समूह ‘के’ को पहिलो खेलमा नेपाल ताजकिस्तानसँग ४–० गोलले पराजित भएको हो ।

ताजकिस्तानका लागि अजिजबोएभ मुहम्मादालीले दुई तथा रहमात्सोह रमात्जोदा र देलर सारिपोभले एक–एक गोल गरेका थिए ।

नेपालले अब शनिबार सिरियासँग खेल्ने छ । खेल नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । सिरियाले बुधबार भएको खेलमा फिलिपिन्सलाई २–१ गोलले हराएको छ ।

समूह ‘के’ मा नेपालसहित, ताजकिस्तान, सिरिया र फिलिपिन्स रहेका छन् ।

प्रत्येक समूह विजेता अन्तिम चरणमा छनोट हुनेछन् । साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउने छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ७ : २२ बजे

मधेशमा गगनको सन्देश : अन्तर्घात र गुटको अन्त्य भए कांग्रेसले बहुमत सीट जित्छ

काठमाडौं– पाँच दिन लामो बसाइपछि कांग्रेस सभापति गगन थापा सर्लाहीबाट

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी