गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध « Khabarhub

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग फेरि अवरुद्ध


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कालिकोट – कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा राति पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।

यसअघि गगने खोलामा गएको पहिरोले चार दिन कर्णाली राजमार्ग अवरुद्ध भएको थियो। बुधबार राति गगने खोलामा पुन पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

ठुलो पहिरो झरेकाले राजमार्ग सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ। यसअघि शनिबार गएको पहिरो मंगलबार दिउँसो मात्र सेनाले पन्छाएको थियो।

‎‎राजमार्ग अवरुद्ध हुँदा मालबाहक र यात्रुवाहक सवारी साधन रोकिएका छन्। यात्रुसमेत अलपत्र परेका छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ९ : ०२ बजे

तमु ल्होसारले सद्भावलाई थप प्रगाढ बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसारले परस्पर आत्मियता, भाइचारा, मेलमिलाप

नेपालगञ्ज भन्सारबाट पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

संस्कृतिले राष्ट्रिय एकताको प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउँछ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले मौलिक पर्वले

ट्याङ्कर दुर्घटना हुँदा महेन्द्र राजमार्ग अवरुद्ध

रौतहट– पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज

व्यक्तिगत लाभभन्दा माथि उठेर रास्वपासँग एकता : कुलमान

काठमाडौं – कुलमान घिसिङले व्यक्तिगत लाभमन्दा माथि उठेर उज्यालो नेपाल