कृषाको ‘जहाजैमा’ अलपत्र, घोषणा गरिन् ‘पारस’ « Khabarhub

कृषाको ‘जहाजैमा’ अलपत्र, घोषणा गरिन् ‘पारस’


१९ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जहाजैमा’मा अलपत्र पारेर निर्देशक कृषा चौलागाईंले नयाँ फिल्म ‘पारस’ निर्मााणको घोषणा गरेकी छन् । उनले आफ्नो जन्म दिन पारेर बिहीबार यो फिल्मको घोषणा गरेकी हुन् ।

गत वर्षको चैतमा अन्तिममा कृषाको निर्देशन रहेको फिल्म ‘पिताम्बर’ प्रदर्शनमा आएको थियो । गत जेठमा उनले फिल्म ‘जहाजैमा’ निर्माण घोषणा गरेकी थिइन् ।

यो फिल्ममा कलाकार अनुबन्धको विषयलाई कृषाको टिमले निकै प्राथमिकताका साथ प्रचार गरेको थियो । तर, आन्तिरिक कारणले ‘जहाजैमा’ तत्काल नबन्ने भएको बुझिएको छ । यस फिल्मबाट नायक सौगात मल्ल बाहिरिएका छन । अन्य कलाकारहरु पनि फिल्म छोड्ने तयारीमा रहेको बुझिएको छ ।

यहीबीचमा कृषाले ‘पारस’ घोषणा गरेपछि ‘जहाजैमा’ तत्काल नबन्ने प्रष्ट भएको छ । यसको छायाङ्नक फागुनबाट सुरु हुने बताइएको छ ।

कृषाका अनुसार ‘पारस’ एक्सन र लभस्टोरीको मिश्रण हो । कलाकार चाँडै चयन गरेर सार्वजनिक गर्ने उनले बताइन् ।

केपी फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको निर्माता कृषाकै भाइ विशाल चौलागाईं हुन् ।

प्रकाशित मिति : १९ भदौ २०८२, बिहिबार  १ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको