सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो | Khabarhub Khabarhub

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आयो


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ । सडकमाथिबाट झरेको पहिरो दुई दिनको निरन्तर पहलमा पन्छ्याएपछि आजदेखि सडक सञ्चालनमा आएको हो ।

भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन आवागमन गर्ने सयौँ आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो । 

आजदेखि सडक सञ्चालनमा आएपछि पर्यटक गन्तव्यतर्फ लागेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए ।

उक्त खण्डमा ठूलो पहिरो गएकाले सडक खुलाउन तीन दिन लागेको उनले बताए । योबाहेक वैकल्पिक सडक नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको उनको भनाइ छ ।

यसैबीच ढोरपाटन आउने पर्यटकलाई नगरपालिका र प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

उपप्रमुख कायतले भने, ‘निरन्तर पानी परिरहेको र पहिरो पनि ठूलो भएकाले पन्छ्याउन समय लागेको हो । अहिले सामान्य पहिरो पन्छ्याएर सवारीसाधान आवतजावत गर्नेगरी सडक सञ्चालनमा ल्याएका हौँ । सबै पहिरो हटाउनका लागि समय लाग्ने देखिन्छ । अहिले पर्यटक र स्थानीयलाई समस्या नहोस् भन्ने उद्देश्यले सवारीसाधन सञ्चालनमा ल्याएका छौँ ।’ रासस

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : १५ बजे

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निर्माण गरिँदै

दोधारा चाँदनी– सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास

कर्ण थापाले एमालेमा दर्ता गराए फरक मत

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी केन्द्रीय कार्यालयमा

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

दमौली– यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा

सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णय 

काठमाडौं–  नेपालको कानुनबमोजिम सूचीकरण हुन नआएका फेसबुकसहितका सामाजिक सञ्जालहरू बन्द

सीजीको चाडपर्व विशेष योजना सार्वजनिक : ‘भित्र्याऔँ खुशी र समृद्धि  लेवल अप उइथ सीजी’

काठमाडौं– नेपालीहरूको महान चाड दशैं, तिहार र छठपर्वको अवसरमा सीजी