कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने  « Khabarhub

कांग्रेसले रामहरिलाई सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका रामहरि खतिवडालाई संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिका लागि उम्मेदवार बनाउने भएको छ । 

कांग्रेसकै सांसद ईश्वरी न्यौपानेले राज्यव्यवस्था समितिको सभापति बन्न भदौ १० गते राजीनामा दिएपछि रिक्त रहेको सभापतिका लागि कांग्रेसले खतिवडालाई उम्मेदवार बनाउने भएको हो । 

सुनुवाइ समितिको सभापति चयनका लागि शुक्रबार निर्वाचन तय गरिएको छ । निर्वाचनका लागि बिहीबार दिउँसो २ देखि ४ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यसूची छ । 

सांसद खतिवडाले संसदीय सुनुवाइ समितिको सभापतिका रूपमा आफूलाई उम्मेदवार बनाउने हल्ला सुनेको प्रतिक्रिया दिएका छन् । ‘हल्ला आएको छ, पार्टीले दिने जिम्मेवारी लिन तयार छु,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ३९ बजे

मधेस सरकार गठनको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा– मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन

शंकर पोखरेलको प्रश्न– गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाल सरकारका ऊर्जामन्त्री

राजनीति आकर्षक बन्दै जानु सकारात्मक भए पनि चुनौती कम छैनन् : चन्द्र भण्डारी

काठमाडौं– नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति आकर्षक बन्दै जानु

नवलपरासीमा मतदाताको संख्या दुई लाख ५४ हजार

नवलपरासी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि

‘ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गुरुङ समुदायले मनाउने