सहकारी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक : मन्त्री अधिकारी « Khabarhub

सहकारी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक : मन्त्री अधिकारी


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल सहकारी पत्रकार समाजले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई मर्यादित तथा व्यवस्थित बनाउन सहकारी सम्बन्धी ऐनलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

सहकारीका क्षेत्रमा एक वर्षभित्र धेरै कानूनहरू बनाउन सफल भएको भन्दै मन्त्री अधिकारीले त्यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको धारणा राखे ।

उनले सहकारी क्षेत्रको सुधारका लागि ऐनलाई टेकेर आवश्यक नियम, कार्यविधि बनाउनुपर्ने बताए । कार्यविधि बनाउदा विज्ञ, कानूनविद् सबैलाई राखेर आवश्यक सुधार गर्न सकिन उनको भनाइ छ ।  

उनले सहकारीका बेथिति देखिएका नियमनका लागि केही बाध्यात्मक व्यवस्था गरिएको भन्दै सहज रुपमा आएपछि नियमनका प्रावधानलाई क्रमश खुल्ला गर्न सकिने जिकिर गरे ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १२ : ५७ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता