बदन भण्डारीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग « Khabarhub

बदन भण्डारीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि काठमाडौंको कपनमा आक्रमण भएको छ । 

बुधबार राति पौने ९ बजे कपनस्थित प्रगति चोकमा उनीमाथि नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका तीन जनाको समूहले आक्रमण गरेको हो । 

रड प्रहारबाट भण्डारीको टाउकोमा १० टाँका लगाउनु पर्ने गरी गहिरो चोट लागेको छ । शरीरभर निलडाम रहेका रास्वपाले जनाएको छ । ज्यान लिने उद्देश्यसहित आक्रमण गरिएको भन्दै रास्वपाले घटनाको घोर निन्दा गरेको छ । 

‘यस निन्दनीय घटनाको तत्काल विश्वसनीय छानबिन तथा दोषीलाई पक्राउ र कानूनी कारबाही गर्न जोडदार माग गर्दछौँ,’ रास्वपाको केन्द्रीय र्याटका संयोजक प्रदीप तिमल्सेना (साजन)ले विज्ञप्ति जारी गरेर भनेका छन्, ‘साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछौँ ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : ०७ बजे

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित