सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरीत : रास्वपा « Khabarhub

सामाजिक सञ्जाल प्रदायक कम्पनीलाई सरकारले दिएको अल्टिमेटम जनहित विपरीत : रास्वपा


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाल प्रदायक कम्पनीहरूलाई दर्ताका लागि अल्टिमेटम दिएर सरकारले जनहित विपरीत काम गरिरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले सरकारले धम्कीको शैलीमा सामाजिक सञ्जालहरू बन्द गर्ने कुरा गरिरहेको बताए । 

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा कसैको केही असहमति छैन । सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ । यी प्लेटफर्म दर्ता गरेर नियमनमा ल्याउनुपर्छ । सरकारको कर्तव्य भनेको यही आदेश अक्षरसः पालना गर्नु हो,’ चौधरीले भने, ‘त्यसका लागि कूटनीतिक वार्ता, कानूनी प्रवर्द्धन र दीर्घकालीन रणनीति अपनाउनु हो । धम्की दिने वा हतारमा बन्द गर्ने होइन । तर सरकार संयमता र कौशलता देखाउनुको साटो एक हप्ता, दुई हप्ताको शैलीमा उत्रिएको छ । यो जनहित विपरित छ ।’

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  १ : २१ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता